(Wednesday 28th of October 2026)
`

उत्कृष्ट कार्य गरेकोमा श्रेष्ठलाई कोभिड हिरो घोषित

  • सगरमाथा गन्तब्य
  • 18.4K
    SHARES

    बाँके– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका पुर्व कोरोना फोकल पर्सन नरेश श्रेष्ठ कोभिड–१९ हिरो घोषित भएका छन् ।
    देशभर कोरोनाको त्रास फैलिरहेको बेला बाँके जिल्लामा दिनरात खटेर कोभिड रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गरेकोमा श्रेष्ठलाई बिहीवार एक कार्यक्रमका बीच कोभिड हिरो घोषित गरिएको हो । श्रेष्ठसहित जलेश्वर अस्पताल महोतरीकी स्टाफ नर्स चण्डीका अधिकारी र धनगढी उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन लक्ष्मी राज उपाध्यायलाई पनि कोभिड हिरो घोषित गरिएको छ ।
    कोभिड–१९ हिरो श्रेष्ठ हाल बर्दियाको कोरोना फोकल पर्सन हुनुहुन्छ । विश्वमा कोभिड–१९ रोग बिश्वव्यापी महामारीका रुपमा देखा परे पश्चात बाँके जिल्लामा कोभिड– १९ फोकल पर्सनका रुपमा काम सुरु गरेपश्चात हालसम्म बाँके र बर्दिया जिल्लामा नरेश बाबु श्रेष्ठले गरेका कामहरु :
    चिनमा रोगको प्रकोप बढदै जाँदा २०७६ माघको २३ गते जिल्ला स्तरिय पुर्ब तयारी बैठकको आयोजना गरि सचेतना क्रियाकलापको तय गरिएको थियो । फाल्गुण १७ र १९ गते भेरी अस्पतालमा शंकास्पद ७ जना विरामीको स्वाव संकलन गरि पिसिआर जाँचका लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला श्रेष्ठको पहलमा विश्व स्वास्थ्य संगठनका नेपालगंजका डाक्टरसँग समन्वय गरि पठाएको थियो । सुरुका दिनमा भिटीएमको अभावको बेला १० वटा भिटीएम लिन श्रेष्ठ आफै दाङ र बुटवल गई ल्याएर शंकास्पद विरामीको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने र सोको रिपोर्ट समेत ल्याउने ब्यवस्था श्रेष्ठले मिलाउनु भएको थियो ।
    चैत्र ११ को लकडाउन प्रश्चात यस क्षेत्रवाट प्लेनमा भिटिएम पठाउने समन्वय समेत श्रेष्ठलाई तोकिएकोले सुदुरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र दाङ जिल्लाका अस्पतालवाट संकलन गरिएका स्वाब प्लेन मार्फत काठमाडौ पठाउने व्यवस्थापन आफै स्वयम २४ घण्टा दिन रात खटिएर श्रेष्ठले गर्नुभएको थियो ।
    बाँके जिल्लामा लकडाउन पछि जिल्लाको ६४ कि.मि.क्षेत्रको सिमा क्षेत्रका विभिन्न नाकाबाट नेपाल भित्रने व्यक्तीहरुलाई सुरक्षा निकाय, स्थानिय तह तथा स्वास्थ्य संस्थाहरु संग समन्वय गरि उनिहरुलाई क्वारेन्टाईनमा राख्ने र १४ दिनमा आरटीडी जाँच गरि करिब २०,००० ब्यक्तीहरुलाई रातिको ११ बजे देखि राति ३ बजे सम्म समेत सिमामा आफनो टिम सहित त्यही बसेर जाँच गरि क्मावारेनटाइनमा स्वास्थ्यका मापदण्ड मिलाई बस्नमा र जाँच गरि डिस्चार्ज गर्नमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुभएको थियो ।
    २०७७ बैशाख १९ गते बाँकेको नेपालगंज उप.म.न.पा. वडा नं. ८, ज्वलनपुर्बामा वडा नं. ५ निवासी ६५ बर्षिया पुरुषमा कोभिड पोजेटिभ देखा परेपश्चात बाँकेको जनजिवन अति त्रासदिपुर्ण बन्यो, चिकित्सक, ल्यावकर्मी, जनप्रतिनिधि प्राय शुसुप्त अवस्थामा पुगे नेपालगंज बजार सुनसान भयो । पहिलो संक्रमित देखा परेपश्चात बिरामीलाई खजुरा क्यान्सर अस्पताल, आइसोलेसन अस्पतालमा बिरामी लग्ने व्यक्ति समेत भएन सो बेला भेरी अस्पताल प्रमुख, डा.प्रकाश थापा, इन्सपेक्टर सुरज खत्रि र श्रेष्ठ ३ जनाले शाहस गरि एम्वुलेन्समा बिरामी लगेर भर्ना गरि कोभिड –१९ पोजेटिभ बिरामीको आइसोलेसनमा कम्तीमा १४ दिन राख्ने गरि उपचारको सुरुवात गरिएको थियो । त्यस्तै धार्मिक सहिष्णुता कायम राख्नकालागी सबै धर्मगुरुहरुसँग समन्वय कायम गर्दै निशुल्क पिसिआर जाँचको दायरा फराकिलो पार्नमा महत्वपुर्ण भुमिका सहित काम गर्नुभएको थियो ।
    २०७७ बैशाख २१ देखि २६ गतेसम्म नेपालगंज उप.म.न.पा. वडा नं. ८ मा ३१ जना व्यक्तीहरुमा कोभिड पोजेटिभ देखा परेकोमा सबै व्यक्तीहरु डरको कारण बिरामीबाट पंछिएको बेला ३१ जनालाई नै एम्वुलेन्सको व्यवस्था मिलाई नेपालमा पहिलो कोभिड १९ केश देखा परे पश्चात खजुरा क्यान्सर अस्पताल, आइसोलेसन अस्पतालमा विरामीहरुलाई एम्वुलेन्सको व्यवस्थापन मिलाई आफै पु¥याउने र उनिहरुको कन्ट्याक ट्रायासिङ्ग गरि सम्बन्धित व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखी पिसिआर जाँचको व्यवस्था श्रेष्ठले मिलाउनु भएको थियो ।
    नरैनापुर गाउँपालिकाको ५ नं. र ६ नं. वडामा बैशाख ३१ गते एकै चोटी ५९ जनाका कोभिड १९ पोजेटिभ भई त्यहाँको जनजिवन त्रासदिपुर्ण भएको अवस्थामा सुरक्षाकर्मी समेत लिएर एम्वुलेन्स सहित गएर राति १ बजे सम्ममा क्वारेन्टाईनबाट कोभिड–१९ पोजेटिभ केशलाई नेपालगंज र कोहलपुरको आईसोलेसनमा राख्ने व्यवस्था मिलाउनुका साथै बाँकेका आईसोलेसन सेन्टर भरिएको मा ८ जनालाई बेलझुण्डी दाङका मे.सु. डा.शर्वेस शर्मासँग समन्वय गरि त्यहाँको आईसोलेसनसम्म पु¥याएर १४ दिन राखि घरमा ल्याउने व्यवस्था समेत श्रेष्ठले गर्नुभएको थियो ।
    नरैनापुर हट स्पटको रुपमा विकास भई त्यहाँको अवस्था नाजुक भएको र त्यहाँकाम गर्न कोहि पनि जान नमान्ने अवस्थामा १५ दिन सम्म लगातार नरैनापुरमा दैनिक १ पटक गई त्यहाँ संचालनमा रहेका क्वारेन्टाईनमा रहेका ९९५ जना व्यक्तीहरुको पिसिआर नमुना लिई जाँच गराई २१९ जना कोभिड पोजेटिभ केश पत्तालगाई आईसोलेसनमा निको भई सकेपछि घरमा पठाउने काम समेत गर्नु भएको थियो ।
    समुदाय तह सम्म कोभिड फैलिएको छ छैन भनि कोभिड निको भई घर फर्केका व्यक्तीहरुमा नरैनापुरमा पिसिआर जाँच सुरु गरि त्यस्तै नेपालगंज क्षेत्रका भिड हुने क्षेत्र र कार्यालयहरुमा समेत पिसिआर जाँच सुरु गरि नेपालको समुदाय तहमा कोभिड–१९को जाँच निशुल्क रुपमा आफनै पहलमा बाँकेबाट सुरुवात गरेपछि पछि बाँकेको सिकाई लुम्वीनी प्रदेश सरकारले बजेट व्यवस्था सहित अन्य जिल्लामा पनि गरेको थियो ।
    नेपाल सरकारले सरकारी अस्पतालमा समेत पिसिआर जाँचको लागी रु. २२०० शुल्क तोकेको र बाँके जिल्ला भर एक घर एक पिसिआर जाँच माग भैरहेको त्रासदीपुर्ण अवस्थामा जिल्लामा रहेका विभिन्न गैरसरकारी संस्थाहरु, सहयोगी व्यक्ती, समुहहरु संग सहयोगमागी गरिव, पैसा तिर्न नसक्ने तथा अन्य माग गर्ने सबै व्यक्तीहरुका लागी जिल्ला आपतकालिन व्यवस्थापन केन्द्र मार्फत दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयमा साँझ ५ बजे देखि ६ बजे सम्म ५ महिना निशुल्क रुपमा पिसिआर जाँचको व्यवस्थापनमा २४ घण्टा खटिनु भएको थियो ।
    स्वाब संकलन पछि पिसिआर जाँच गरि पोजेटिभ रिपोर्ट आएका ३९५२ जना पोजेटिभ बिरामीलाई आफै फोन गरि एम्वुलेन्सबाट निशुल्क रुपमा आईसोलेसनमा ल्याई राख्ने व्यवस्था मिलाउनुका साथै आईसोलेसनमा बसेर डिस्चार्ज हुने विरामीलाई स्थानिय तहसँग समन्वय गरि घर सम्म पठाउने प्रबन्ध श्रेष्ठले मिलाउनु भएको थियो ।
    श्रावण महिनाको अन्त तिरबाट चिन्ह लक्षण सहितका बिरामी बढन थाले पछि बाँकेको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजको आईसोलेसन अस्पतालमा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, दैलेख, सुर्खेत, पश्चिम रुकुम, रोल्पा, प्युठान, दाङ, अर्घाखाची लगाएतका जिल्लाबाट कोभीडका शिकिस्त बिरामीहरु प्रेषण भई आउने क्रम सुरु भयो सो बेला सम्वन्धीत जिल्लाका अस्पताल तथा फोकल पर्सनहरुले फोन गर्दर्थे बिरामीको लोड बढि भएको बेला विरामीलाई भेरी अस्पतालमा र कोहलपुर मेडिकल कलेजको आईसोलेसनमा पठाउने जिम्मेवारी समेत श्रेष्ठको भएको हुनाले लगभग २४ घण्टा नसुतेर समन्वय तथा विरामीको व्यवस्थापनको जिम्वेवारी निभाउने काम श्रेष्ठले गर्नुभयो ।
    कोभिड –१९ बाट विरामीको पहिलो मृत्यु २०७७ जेष्ठ ३ गते भए पश्चात घर आफन्तले सो शवको व्यवस्थापनमा चासो नदिएकोले सो शवलाई नेपाली सेना, नेपाल प्रहरी र श्रेष्ठ आफै डोजरवाट राप्ती नदि किनारमा लगी डोजरले खाल्डो खनेर गाडेका थिए । पछिका दिनमा बाहिरी जिल्लाबाट उपचारका क्रममा बाँकेमा आएका कोभिड –१९ का मरेका ११९ शबहरु केही परिवारलाई समन्वय गरि व्यवस्थापन गर्नुभएको थियो भने ५२ वटा शवहरु आफन्तले शव सदगत गरिदिन अनुरोध गरेकाले नेपाली सेना सहित गई कुनै जंगलको खाल्डोमा पुर्नु भएको थियो । एकै दिन ३ वटा शव एकै ठाउँमा गाडेका छौ भने एकै दिन ४ वटा शव राप्ती नदिमा लिएर गई जलाएर परिवारसँग सतगत गरेको छौ, श्रेष्ठले भने ।
    कोभिड १९ का कारण सिकिस्त भई अस्पतालको भेन्टिलेटर तथा आइ.सि.यु.मा रहेका ५७ जना शिकिस्त विरामीहरुका लागी प्लाज्मा थेरापीका लागी पोजेटिभ भएर निको भई २८ दिन पुगेको नामावली तयार गरि उनिहरुको एन्टीबोडी टेस्ट गराई शिकिस्त भएको विरामीका लागी तत्काल प्लाज्मा थेरापीको व्यवस्थापन गर्नुभएको थियो । जसका कारणले ३९ जनाको जीवन बचाउन सहयोग मिलेको थियो ।
    बाहिर जिल्ला बाट शिकिस्त भई नेपालगंजका अस्पतालमा उपचारका लागी आउने विरामीको बेड व्यवस्थापनका लागी दैनिक आईसोलेसन अस्पतालमा गई वा खालि बेडको तथ्यांक तयार गरि बाहिरी जिल्ला बाट आउने विरामीलाई भर्नाको लागी २४ सै घण्टा खटिएर अस्पतालमा बिरामी भर्नामा समस्या आउन समेत दिनुभएको थिएन ।
    आर्थिक अभावका कारण पिसिआर जाँच गर्न नसक्ने, आइसोलेसनमा बस्न नसक्ने, एम्वुलेन्सबाट आउन नसक्ने विरामीका सम्वन्धमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा योजना तयार गरि पिसिआर जाँच, एम्वुलेन्समा ल्याउने र आईसोलेसनमा निको नहुँदा सम्म बसाउने व्यवस्थापन समेत श्रेष्ठले गर्नुभएको थियो ।
    भेरी अस्पतालमा जिल्ला बाहिर र जिल्ला भित्रका आईसोलेसन र होम आईसोलेसनमा बसेका विरामी शिकिस्त भई भर्ना गरि उपचारका लागी आउने विरामीलाई अस्पताल क्षेत्र भित्रबाट कोभिड १९आईसोलेसन वार्ड सम्म पुग्न अलमलमा परि ५ जना विरामी कोभिड वार्ड बाहिर कोरीडरमा नै मर्न परेको र वार्डमा पुग्न अलमलमा परि रातमा करिब २ घण्टा सम्म अस्पताल परिसरमा बाहिर बेवारीसे रुपमा र एम्वुलेन्समै बस्नु परेको समस्यालाई समाधानका लागी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा सुरक्षा निकाय संग समस्या राखेर समाधानका लागी प्रस्ताव लगि नेपाल रेडक्रस सोसाईटि, शसस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी संग सहयोग मागी हेल्थ डेस्क र पितितीको व्यवस्था गरि शिकिस्त विरामीलाई तत्काल कोभिड वार्डमा पुग्नका लागी सहज बनाउनमा उत्कृष्ट भूमिका खेल्नुभएको थियो ।
    कोभिड–१९ विरुद्धको भ्याक्सीन नेपाल सरकारले तोकेको प्राथमिकता प्राप्त लक्षित समुहमा सहज तरिकाले लगाउने बातावरण मिलाई लक्षित समुहमा ९९.८% खोप सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका समेत श्रेष्ठले खेल्नुभएको थियो ।
    बर्दिया जिल्लामा सरुवा भए पश्चात बर्दिया जिल्लाका ८ स्थानिय तहमा २० दिनमा ऋइख्क्ष्म्–ज्ञढ ज्यत क्उयत ब्लबथिकष्क गरि ज्इत् क्उयत रहेका ५ स्थानिय तहमा हाल ब्लतष्नभल त्भकत मार्फत ऋइख्क्ष्म्–ज्ञढ ब्लतष्नभल त्भकत म्ष्बनलयकष्क सेवा आफनै पहलमा सुरु गरि हाल १५० जना भन्दा बढिमा यो सेवा प्रदान गर्न सफल हुनुभएको छ ।
    हाल भारतका केही प्रान्तमा कोभिड– १९ को प्रकोप बढेकोमा हाल कार्यरत बर्दिया जिल्लाका ६ स्थानका नेपाल प्रबेश विन्दुमा पुगी अवलोकन समेत गरि ज्भबतिज म्भकप स्थापनाका लागी पहल शुरु गरेको श्रेष्ठले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology