खिम केसी –
आजभोलि मेरि आमालाई
रेडियो सुन्न मन पर्दैन
धेरै भयो रेडियोबाट हिमाल,तराई अनि पहाडका
सुखद समाचार आउदैन
खाली, बिरोध,तोडफोड,हुलद्ङ्गा,जुलुस अनि लडाइँ
चक्काजाम,कर्फ्यु र गोलीको समाचार आउँछ
देश चलाउन गएकाहरु
देशमा सुशासन कायम गर्न छोडेर
कुर्सी फोडदै,हात हालाहाल गरेका समाचार आउँछ
जो मेरि आमालाई मन पर्दैन
र आमाले सहन सक्दैनिन ।।
आजभोलि मेरि आमालाई
अखबार पढ्न मन पर्दैन
धेरै भयो अखबारमा
न्यायको बारेमा नलेखिएको
दोषीहरुको तस्वीर नछापीएको
जो मेरि आमालाई मन पर्दैन
र आमाले सहन सक्दैनिन ।।
आजभोलि मेरि आमालाई
टेलिभिजन हेर्न मन पर्दैन
धेरै भयो टेलिभिजनमा
ईमानदार अनि बफादार मान्छेको
अन्तर्वार्ता नआएको
गफै दिने,झुक्काउने र लुट्नेहरुकै आउँछ
जो मेरि आमालाई मन पर्दैन
र आमाले सहनै सक्दैनिन ।।।
हो, धेरै भयो
मेरि आमाले खोजेको शुसासन
अमन चयन,शान्ति सुरक्षा र खुशी
अनि लामो सास लिदै
उस्तै आशा गर्छिन अझै
जहाँ, बिद्यालय गएकि नातिनी
घाँस काट्न गएकि छोरी
हास्दै,रमाउदै,निस्फिक्री घर फर्केको ।।।
