(Saturday 25th of July 2026)
`

ब्रह्माकुमारीमा साहित्य प्रतिष्ठानको स्वागत सम्मान

  • सगरमाथा गन्तब्य
  • 6.5K
    SHARES

    नेपालगन्ज – हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सम्पन्न पाचौं अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित ११ सदस्यीय कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्यहरूलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना प्रदान गरिएको छ ।
    ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, शाखा कोहलपुरको आयोजनामा सम्पूर्ण टीमको स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनीनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरि तिमिल्सिनाको प्रमुख आतिथ्यता, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, साहित्यकार सल्लाहकार सागर गैरे, दामोदर पौडेल, नेपाल का प्रसिद्ध गजलकार हुकुम धड्कन, पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरका अध्यक्ष पुस्कर रिजाल, उपाध्यक्ष खोपीराम वली क्षेत्रीको विशिष्ट आतिथ्यता, प्रतिष्ठानका अन्य पदाधिकारी एवं सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको हो ।
    प्रमुख अतिथि प्राज्ञ हरि तिमिल्सिनाले संस्थामा लामो समयदेखि आफू सम्पर्कमा रहेको बताउदै संस्थामा आएर केही बेर बस्दा ध्यान योगमा सहभागी बनाउदा हामी भित्र सकारात्मक उर्जा प्राप्त हुने, नवीन सिर्जना र नकारात्मक भावनाहरु परिवर्तन हुनेछ । संस्थाले हरेक क्षेत्रमा रहनुभएका व्यक्तिहरुलाई आध्यात्मिकतातिर जोडेको छ, विकृति विसंगतिहरुबाट बचाएको छ, मानसिक रुपमा शक्तिशाली बनाएको छ, यसैले म स्वयं पनि यसको नजिक सम्पर्कमा रहेको छु र केही मात्रामा भए पनि यसको शिक्षालाई जीवनमा अवलम्बन गरेको छु भन्दै सबैलाई यसको महत्वलाई जान्न यसको अन्तर्राष्ट्रिय मुख्यालयसम्म पुगि अध्ययन गर्न अनुरोध सहित नवनिर्वाचित समितिलाई बधाई शुभकामना व्यक्त गरेका थिए ।
    नवनिर्वाचित समितिको उत्तरोत्तर उन्नति प्रगतिको कामना गर्दै संगठनलाई बलियो र सफल संचालन गर्न सबैले एकजुट भएर अगाडि बढ्नुपर्छ , एकजना पनि कमजोर भएमा सारा संगठन नै कमजोर हुन जान्छ, वर्तमानमा देखा परेका नकारात्मक विकृति विसंगतिलाई चिर्न, नयाँ बाटो देखाउन, आशाको किरण छर्न अब साहित्य क्षेत्रबाट मात्र सम्भावना देखिएको छ, तर यसको लागि स्वयंलाई सशक्त बनाउन स्वयंलाई आध्यात्मिक ज्ञान र शक्तिले भरपूर बनाउनुपर्छ, खल्तीमा धन भए आपत्तिमा काम लाग्छ, खोपडीमा ज्ञान भए विपत्तिमा काम लाग्छ, प्रतिकुल वातावरणमा कोहि कसैले साथ दिदैन साथ दिन्छ त केवल आफूसँग भएको आध्यात्मिक ज्ञानले दिन्छ संस्थाका राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले बताएकी थिईन् ।
    सबैलाई आध्यात्मिकता र यसबाट जीवनमा हुने नसोचेको गहिरो अनुभव सहितको परिवर्तनको खोज अनुसन्धान गर्न सबैलाई आव्हान समेत गरेकी थिईन् । साहित्यले समाजमा भएका अन्तर्विरोध, राम्रा नराम्रा घट्नाहरुलाई सबै विधाबाट चिरफार गर्दै उन्नति प्रगति, देश विकासको पहल गरेको हुन्छ, यस संस्थाले साहित्यिक स्रष्टाहरूसंग बसेर यो वातावरण सिर्जना गरेकोमा, आध्यात्मसंग जोड्ने पुलको काम गरेकामा आभार प्रकट गरेका थिए भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष ईन्द्र बहादुर बस्नेतले ।
    हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष पुस्करनाथ रिजालले साहित्यिक स्रष्टाहरूको माया , उत्साहले यहाँसम्म आई पुगेको यो संस्थाले पत्रिका प्रकाशन, स्रष्टाहरूको पुस्तक प्रकाशन, विभिन्न अनुभवी स्रष्टाको नवआगन्तुक स्रष्टा माझ प्रशिक्षण, गोष्ठी, लगायतका कार्य गर्दै आएको यस संस्थालाई बोलाएर यो थप हौसला , जिम्मेवारी प्रदान गरिदिनुभएकोमा आभार गर्दै संस्थाको कार्यको सह्राना गरेका थिए ।
    कार्यक्रममा साहित्यकार सल्लाहकार सागर गैरेबाट मन्तव्य, नेपालका प्रशिद्ध गजलकार हुकुम धड्कनद्वारा गजल वाचन, प्रकाश मरासिनीबाट संस्कृत सिर्जना, चन्द्रावती अधिकारीबाट कविता वाचन गरिएको कार्यक्रममा कोहलपुर शाखा प्रमुख ब्र.कु.ईन्दिराद्वारा स्वागत, केन्द्रीय सदस्य एवं क्षेत्रीय सचिव ब्रह्माकुमार कृष्णबहादुर रानाभाटले सम्मान कविता सिर्जना प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्रीय कार्यालय, नेपालगन्जका उप प्रमुख अभिप्रेरक वक्ता ब्र.कु.मुनाले गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology