(Saturday 25th of July 2026)
`

सीमावर्ती लैंड पोर्ट रुपईडीहामा होली मिलनका साथै कवि सम्मलेन

  • सगरमाथा गन्तब्य
  • 6.8K
    SHARES
    नेपालगञ्ज : बाँके)। – भारतको सीमावर्ती क्षेत्र रुपईडीहामा भारत सरकारको गृह मन्त्रालय अन्तर्गत लैंड पोर्ट अथॉरिटी ऑप इंडियाको आयोजनामा भारत नेपाल सीमामा होलीको शुभ अवसरमा रुपईडीहा इंटीग्रेटेड चेक पोस्ट सभाहलमा लैंड पोर्ट अथॉरिटी ऑप इंडियाले गरेको होली मिलन समारोह तथा हास्य कवि सम्मेलन कार्यक्रमको आयोजना गरिएको थियो ।
     सो कार्यक्रममा नगर पञ्चायत रुपईडीहाका प्रमुख डाक्टर उमाशंकर वैश्यको प्रमुख आतिथ्यमा सम्पन्न । कार्यक्रममा नेपाल र नेपाल दुइटै ठाउँबाट कविहरुले अफना अपनो रचना सुनाएका थिए र कार्यक्रममा रचना सुनाएर मनोरञ्जन गराएका थिए । कार्यक्रमको सञ्चालन कवि तिलकराम अजनबीले गरेका थिए ।
    सर्व प्रथम  लैंड पोर्ट ऑप इंडियाका प्रबन्धक सुधीर शर्माले कार्यक्रममा अतिथिहरुलाई पुष्प पुञ्ज प्रदान गरी स्वागत गरेका थिए । कार्यक्रममा कवि वीरेश पाण्डेयद्वारा वन्दना आरती प्रस्तुत गरी सम्मेलनको शुरूआत गरएको थियो । बहराईचबाट आएका वरिष्ठ शायर रईस सिद्दीकीले होलीको अवसरमा आफनो रचना वाचन गरेका थिए ।
    इसरी कार्यक्रमलाई अगाडी बढाउदै नेपालबाट कवि तथा लेखक सरदार मधई सिंहले रचना सुनाएका थिए । बाँके जिल्ला नेपालगञ्ज–११ निवासी कवित्री कृष्णा देबी पाण्डेय, क्षेत्रीय कवि शैलेंद्र कुमार मिश्राले रचना सुनाएका थिए । नेपाल कस्टम अधिक्षक जनार्दन पौडेलले कविता सुनाएका थिए । यसरी उक्त कार्यक्रमम कवि डाक्टर अशोक पाण्डेय गुलशनले पनि आफनो रचना सुनाएका थिए ।
    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि डा. उमा शंकर वैश्यले   वीरेश पाण्डेय, शैलेन्द्र कुमार मिश्र, अशोक पाण्डेय, रईस अहमद सिद्दीकी, पी.के. प्रचंण्ड, तिलक राम अजनबी, जनार्दन पौडल, सरदार मधई सिंह कविहरुलाई मायाको चिनो (स्मृति चिन्ह) प्रदान गरेका थिए । कार्यक्रममा  भारत र नेपालका कस्टम, एस एस बी, इमीग्रेशन, प्लान्ट क्वारेटाइन, पÞmूड क्वारेंटाइन, कस्टम हाउस एजेन्टका कर्मचारी तथा दुबै देशका गणमान्य व्यक्तित्व र पत्रकारहरुको सहभागिता रहेको थियो ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology