(Saturday 25th of July 2026)
`

दृष्टिविम्ब समालोचनाको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज – भेरी साहित्य समाज केन्द्रीय समिति भाषा तथा समालोचना विभागद्वारा एक समालोचना सङ्ग्रहको विमोचन र चार कृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समालोचक मीना बरालको दृष्टिविम्ब समालोचना सङ्ग्रहको विमोचन तथा परिचर्चा र डा.राजकुमार थारूको थारूसाहित्य र अन्य समालोचना, लेक प्रसाद प्याकुरेलको सम्यक दर्शन समालोचना कृतिको क्रमशः लेक प्रसाद प्याकुरेल, ईश्वरी प्रसाद रिजाल ’उल्कापात’ र डाक्टर पुष्कर रिजालले गरेका थिए भने कवि इन्दिरा गौतमको इन्दु कवितासङ्ग्रहको परिचर्चा समालोचक डाक्टर हरि तिमिल्सिनाले गरेका थिए । यी कृतिहरू बाँकेको साहित्य समालोचनामा ऐतिहासिक महत्व राख्ने छन् ।
    प्रमुख अतिथि सनत रेग्मी, विशिष्ट अतिथि नरेन्द्रजङ पिटर, प्राज्ञ महानन्द ढकाल, केन्द्रीय अध्यक्ष इन्द्र बस्नेतले समालोचनाका विविध विषयमा चर्चा गरेका थिए । चार दर्जन बढी स्रष्टा र द्रष्टाहरूको उपस्थिति रहेको यो कार्यक्रमले बौद्धिक हुँदाहुँदै पनि बिचबिचमा गायक सुन्दर गुरुङ र कविहरू प्रभात सुवेदी, चन्द्रावती अधिकारी, पद्मावती रिजाल, अन्सर नेपालीले गीत, गजल र छन्दकविता वाचन गरेका थिए । भाषा तथा समालोचना विभागका प्रमुख ईश्वरी प्रसाद रिजाल ’उल्कापातले सभापतित्व गरेको कार्यक्रमको सहजीकरण डा.हरि तिमिल्सिनाले गरेका थिए भने गीता अर्यालले स्वागत मन्तव्य राखेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology