
समीर अली बेहना,
बाँके, १४ कार्तिक । पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म हिज्री ….. मा अरबको मक्का शहरको एउटा कुरैश कुलमा भएको हो । उहाँ अल्लाहको (इश्वर ) दूत भएर यो संसारमा अवतरित हुनु भएको हो । मानव इतिहास मै सबैभन्दा बढी समाजको लागि काम गर्ने र मानव जातिको उच्च स्थान के हो भनेर बोध गराउने महा पुरुष पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमलाई चिनेनिने गरिन्छ । उहाँ सानै देखी सबै भन्दा फरक स्वाभवको हुनुहुन्थ्यो । आम बालबालिकाले खेलकुदमा ध्यान दिन्छन् , मनोरञ्जन गर्न रुचाउँछन् भने पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले समाजको हकअधिकार बारे आवाज उठाउने र तिनीहरुको सेवा सुविधाको बारेमा निति नियम बनाउने तरफ केन्द्रित रह्नु हुन्थ्यो । उहाँको यस्तो स्वाभाव र बिचार देखेर मक्कावासीहरु निकै हर्षित तथा प्रशन्नता ग्रहण गर्थे भने उहाँको कामको चौतर्फी प्रसंशा समेत हुने गर्थ्यो । मक्का शहरमा बासोबास गर्ने नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको काम र उहाँको आगमनबाट समाजमा परेको प्रभाव र फाइदाको निकै चर्चा गर्ने गर्थे । बाल्यकालमा चौतर्फी प्रसंशा भइरहेको पैगम्बरको युवा अवस्था पनि समाज कै लागि समर्पित भएको थियो भने चालीस वर्षको उमेरमा हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले आफू अल्लाहको अन्तिम पैगम्बर र अल्लाह (ईश्वर) एक रहेको भनी घोषणा गर्दा सोहि मक्का वासीहरुले आलोचना गर्ने काम सुरु गरेका हुन् । जुन मक्का शहरका नागरिकले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको प्रत्येक कामको प्रशन्सा गर्दथे सोही मक्कावासीहरुले अब आलोचना गर्ने काम सुरु गरे तैपनि पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले सत्यताकोबाटो त्याग नगरी समाजको हकहितमा निरन्तर काम गर्दै जानु भयो र दीने ईस्लाम अन्तिम र सर्वश्रेष्ठ दीन रहेको प्रचार प्रसार गर्दै जाँदा मक्काका केहि नागरिकहरु बिस्तारै दीने ईस्लाम स्वीकार गर्न सुरु गरे । दीने ईस्लाम स्वीकार गर्ने पुरुषमा हजरत अबुबक्र सिद्दीक रजिअल्लाह हु तआला अन्हुं , महिलामा हजरते खतिजा रजिअल्लाह हु तआला अन्हुं हुन् भने बाल्यकालमा ईस्लाम स्वीकार गर्ने हजरते अली करम अल्लाह हु वजहुल करीम हुनुहुन्छ भनी विभिन्न किताबहरु लेखिएको छ । यसरी दीने ईस्लामको बिस्तार हुँदै जाँदा मम्का शहरको नागरिक तथा केहि अगुवाहरुलाई आफ्नो देविदेवता र आफुले पुज्दै आएको ईश्वरको विपरीत धर्म रहेको भनी विरोध जताएका हुन् । उनीहरुले आफ्नो आस्था र श्राध्दा माथी चोट पुगेको भनी पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम माथी आरोप खेप्दै पैगम्बर हजरत मोहम्मद सल्ललाह हु अलैही वसल्लमको हत्या गर्ने निर्णय गर्न पुगेका हुन् तर अल्लाहको आदेश पश्चात् पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले मक्का शहर त्याग ( हिजरत ) गरेर मदिना शहर तिर प्रस्थान गर्नु भयो । मदिना प्रस्थान पछी पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमले त्यहाँको वासिन्दाहरुलाई दीने ईस्लामको परिचय गराउनु भयो र मदिना जसलाई यशरब (बिमारीहरुको शहर , दुखिहरुको शहर, पिछडिएकाहरु) भनेर चिन्निन्थ्यो त्यो अहिले मदिनाको नामबाट प्रसिद्ध भयो । पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जीवन मानव जातिको लागी प्रेणाको श्रोत छ भने उहाँले ल्याएको दीने ईस्लाम सर्वश्रेष्ठ छ, उहाँले ल्याएको किताब कुर्आनको (अन्तिम इश्वर्य पुस्तक) पनि कुनै जवाफ छैन । उहाँको जीवमबाट हामीले विभिन्न सिद्धान्तहरु लिन सक्छौं । सर्वप्रथम पैगम्बर मोहम्मद सल्ललाह हु अलैही वसल्लमले एउटै ईश्वरको पूजापाठ गर्ने तिर केन्द्रित गर्नु हुन्छ भने एउटा उत्कृष्ट मानव भएर बाँच्नका लागि विभिन्न सिद्धान्तहरु समेत पुर्याउनु भएको छ । उहाँको जीवनबाट हामीले गरीब दुखीहरुको मद्दत गर्ने, आफ्नो छिमेकी ध्यान राख्ने, पीडामा भएकाहरुको मद्दत गर्ने , आफ्नो सम्पत्तिको २.५% जकात (टैक्स) वार्षिक गरीब दुखीहरुमा दान गर्ने , समाजको हकअधिकारको लागि आवाज उठाउने , बालबालिकाहरुको बारेमा सोच्ने, परिवारिक वातावरणलाई सबल बनाउने , सद्भाव सहिषुण्तालाई कायम राख्ने, महिलाहरुलाई बुर्खा लगाएर बलात्कार जस्तो घटनाबाट जोगाउने , पुरुषहरु बाटोमा हिड्दा आफ्नो दृष्टि झुकाएर हिड्ने , धनी गरीबमा भेदभाव अन्त्य गर्न राजा देखी लिएर आम नागरिक समेत एउटै पङ्तीमा उभेर नमाज पढ्ने, लागु पदार्थ दुर्व्यसनबाट रोक्नलाई नसा हराम(गर्न नहुने काम, गरेरमा पाप लाग्ने ) गरिएको हो, आदि विषयहरु छन् जुन हामीले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमबाट सिक्न सक्छौं ।
उहाँको जीवनबाट हामीले केहि संदेश दिने घटनाहरुलाई लिन सक्छौं ।
एक चोटि पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लम आफ्नो शहर मदिनाबाट कामको सिलसिलामा बाहिर जाँदै हुनुहुन्थ्यो भने बाटोमा गाउँलेहरुले ढोल बाजा उत्सव मनाउँदै गरेको देखेर आफ्नो कान औँलाले छोप्नु भयो र मदिना शहरको बाहिर पुगेपछि आफ्नो कानबाट औँला निकाल्नु भयो । यसक्रममा एकजना सहाबी-ए रशूल (पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैहि वसल्लमको साथी ) हजरत उमर रजि अल्लाह हु तआला अन्हुंको छोरा हजरते अब्दुल्लाह रजिअल्लाह हु तआला अन्हुं पनि संगै हुनुहुन्थ्यो र उहाँले पैगम्बरसंग यस घटनाबारे प्रश्न गर्दा पैगम्बर सल्लल्लाह हु अलैही वसल्लमले जवाफमा ध्वनिको तरंगले हानी पुर्याउने गर्छ भनी बताउनु भयो । यहाँबाट हामीले सिक्न सक्छौं कि, म्युजिकमा प्रतिबन्ध लगाएर ध्वनि प्रदुषण रोक्न सकिन्छ ।
त्यस्तै चोटि एक जना सहाबिए रशूल (नबिको जमानामा भएको इमन्दार अनुयायी )आउनु भो र उहाँले आफ्नो छोरा हराएको जिकिर गर्नु भयो । उहाँको अनुसार छोरा हराएको करीब तीन दिन भएको थियो र उहाँको घर परिवार सबै चिन्तित थिए । त्यति बेला हाम्रो प्यारो नबि हजरत-मोहम्मद-सल्लल्लाह-हु-त-आला-अलैही-वसल्लमले उहाँको छोरा छिमेकको गाउँको एउटा बगैचामा खेलिरहेकको बताउनु भयो र ती सहाबिए रशूल एकाएक आफ्नो छोराको मायामा हतारिएर भेट्न् जान खोजे तर हाम्रो प्यारो नबिले उहाँलाई जानबाट रोक्नु भयो त्यसपछि ती सहाबिए रशूलले हाम्रो प्यारो नबिसंग प्रश्न गर्नु भयो कि या रशूलाल्लाह-सल्लल्लाह-हु-त-आला-अलैही-वसल्लम के म आफ्नो छोरासंग भेट्न सक्दैन ? अनि हाम्रो प्यारी नबिले जवाफ दिंदै भन्नु भयो कि तिमि अवश्य नै भेट्न् सक्छौ तर मैले भनेको अनुसार भेट्छौ भने राम्रो हुन्छ । यदि तिमि त्यसै त्यहाँ गयो भने आफ्नो छोराको मायामा आफुलाई रोक्न सक्दैनौं र आफ्नो छोरालाई माया प्रेम गर्दै बाबु-सानु भनेर बोलाउंछौ, उसलाई अंगालो लगाउंछौ जसले गर्दा त्यहाँ भएको बालबालिकाहरुमा नराम्रो असर पर्न जान्छ किनभने त्यहाँ भएका सबै बालबालिकाको आमा बुवा नहुन पनि सक्छन् । कोहि अनाथ पनि हुन सक्छ यदि तिमिले त्यहाँ आफ्नो छोरालाई माया गर्यो भने ति अनाथ बालबालिकाहरुको मन दुख्छ त्यसैले तिमि त्यहाँ जाँदा आफ्नो छोरालाई बाबु-सानु नभनी छोराको नाम लिएर बोलाउनु अनि घर ल्याएर माया गर्नु ।
यस्ता विभिन्न प्रभावकारी सिद्धान्त र संदेशहरु छन् जुन मानव जातिलाई समाजमा सरल र सुख्मय जीवन यापन गर्ने प्रेणा दिन्छन् । यसरी समाजको लागी गरेको योगदान र संघर्षलाई देखेर मदिनावासी लगायत सम्पुर्ण मुस्लिम जगतले पैगम्बर हजरत मोहम्मद सल्लल्लाह हु अलैही वसल्लमको जन्म उत्सव मनाउने गरेको छ ।
