नेपालगन्ज १३ भाद्र – बाँकेमा झारफुक गर्ने भन्दै दुई महिलामाथी बलात्कार भएको छ । झारफुक गरिदिन्छु भनेर राती बोलाएर बलात्कार गरिएको प्रहरीले जनाएको छ । धामीझाक्री गर्नेले दुई युवतीलाई आफ्नो मजारको कुटीमै बोलाएर बलात्कार गरेको प्रहरीमा दिईएको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । झारफुकको बहानामा युवतीहरुलाई कुटीमै बोलाएर बलात्कार गरेको उजुरी प्रहरीमा परेपछि घटना सार्वजनिक भएको हो । बाँकेको डुडुवा गाउँपालिका–५ कम्मरसा बाबाकुटी मजारका ४० वर्षीय धामीझाक्री नजिर महमदले झारफुकको वहानामा कुटीमा बोलाई बलात्कार गरेको आधारमा उजुरी परेको बाँके जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी गराउनुभयो ।
धामीझाक्री गर्नेले स्थानीय २८ र ३० वर्षीया दुई महिलालाई झारफुक गर्ने बहानामा बुधबार कुुटीमै बोलाई जबरजस्ती करणी गरेको ति महिलाले उजुरी दिएका छन् । घटना भदौ १० गते (बुधबार) राति १२ बजेतिर भएको प्रहरीले जनाएको छ ।
उजुरी भदौ ११ गते आएको जानकारी दिंदै बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास खड्काले धामीझाक्री गर्नेलाई सोही दिन पक्राउ गरि अनुसन्धान भैरहेको जानकारी गराउनुभएको छ । धामीझाक्री गर्ने विरुद्ध बलात्कार मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
