(Wednesday 28th of October 2026)
`

अमेरिकामा कोरोना : मृत्यु हुनेको सङ्ख्या एक लाख ६० हजार नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 8.1K
    SHARES

    काठमाण्डौ – अमेरिकामा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या एक लाख ६० हजार नाघेको छ ।  सङ्क्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ  भने  मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ रहेको बीबीसीको खबरमा उल्लेख छ ।

    यसैबीच कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ ।  अमेरिकामा एक महिनाको अन्तरालमा ३० लाख कम रोजगारी सिर्जना भएको छ । जुलाई महिनामा १८ लाख मात्रै नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । उज्यालो अनलाइनबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology