(Wednesday 28th of October 2026)
`

अमेरिकामा मास्क लगाउनु अनिवार्य छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    एजेन्सी, ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा मास्क लगाउनु अनिवार्य नभएको बताएका छन् ।कोरोना भाइरस संक्रमणको प्रसारलाई ध्यानमा राख्दै धेरै देशहरूले मास्क लगाउन अनिवार्य गरेका छन, तर अमेरिकामा भने त्यस्तो आदेश जारी गरिएको छैन। शुक्रवार ट्रम्पले फक्स न्यूजलाई भने, ‘म अमेरिकामा मास्क लगाउनु अनिवार्य बनाउनुपर्छ भन्ने कुरामा सहमत छैन ।’ उनले भने, ‘मानिसहरुलाई केही स्वतन्त्रता हुनु पर्छ।’

    उनका भनाइ यस्तो बेला आयो जब संक्रामक रोग विशेषज्ञ तथा स्वास्थ्य प्रमुख डा. फौचीले राजनीतिज्ञहरुलाई अपील गरे कि मानिसहरूलाई सकेसम्म मास्क लगाउन प्रतिबन्ध लगाउनु पर्छ। अमेरिकी राष्ट्रपतिले एक दम कम मास्क लगाएको देखिन्छन। यद्यपि उनले माकस लगाएको तस्वीर गत हप्ता सार्वजनिक भएको थियो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology