काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ५९९ पुगेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्रमितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १९९ जना, सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जना र भेरि अस्पतालमा परीक्षण गर्दा एक गरि २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हालसम्म सुदूरपश्चिम प्रदेशमा चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हिजोमात्रै कैलालीमा २५, कञ्चनपुरमा २०, अछाममा ३०, वैतडीका २५, बाजुराका ४१, डडेल्धुराका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १११ जना भने डिस्चार्ज भइसकेका छन् । सुदूरपश्चिमका विभिन्न क्वारेनटाइनमा ४० हजार ४७२ जना छन् । उनीहरु सबै भारतबाट फर्र्किएका हुन् । ११९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
