(Wednesday 28th of October 2026)
`

सरिता गिरीको प्रस्तावबारे छलफल गर्न समाजवादीको बैठक बस्दै

  • सगरमाथा गन्तब्य
  • 12K
    SHARES

    काठमाडौं, ३१ जेठ । समाजवादी पार्टी संसदीय दलको बैठक अहिले ११ बजे बोलाइएको छ । नेपालको नक्सा निशानछापमा अध्यावधिक गर्न सविधान संशोधन गर्न लाग्दा समाजवादी पार्टीकी सांसद सांसद सरिता गिरी यसको विपक्षमा उभिएपछि अब के गर्ने भन्नेबारेमा छलफल बस्न लागेको हो । निशान छाप अध्यावधिक गर्न सविधान संशोधन गर्ने संसदको निर्णय हुँदा देखि नै सांसद गिरीले त्यसको कडा विरोध गर्दै आएकी छन् । उनले जेठ २८ गते संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्तासमेत गराएकी थिइन् ।

    त्यसलगत्तै समाजवादी पार्टीले उक्त संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको थियो। तरपनि सांसद गिरी अझै संशोधन प्रस्ताव फिर्ता नलिने अडानमा छिन् । आजको संसदीय दलको बैठकले यसैसम्बन्धमा निर्णय गर्ने समाजवादी पार्टीले जनाएको छ । आजै १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची रहेको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology