काठमाडौं, २९ जेठ । भारतमा कोरोना भाइरसबाट सक्रमणबाट ८ हजार बढिले ज्यान गुमाएका छन् । भारतमा हालसम्मकै बढि दैनिक संक्रमण र मृत्यु हुने बढदै गएको छ । बुधबार भारतमा हालसम्मकै बढी दैनिक संक्रमण र मृत्युका केस फेला परेका छन् भने मृतक संख्या पनि ८ हजार नाघेको छ ।
एसियाकै महामारी केन्द्र बनिरहेको भारत अहिले विश्वमा कोरोना संक्रमित देशको लहरमा छैटौँ स्थानमा छ । संक्रमित संख्याका आधारमा उसले चाँडै नै स्पेन र बेलायतलाइ पनि उछिनेर चौथो नम्बरमा उक्लिने देखिएको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।
भारतमा पछिल्लो २४ घण्टाको अवधि (बुधबार) मा १२ हजार ३७५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएका छन् । यो भारतमा हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हो । मंगलबार त्यहाँ १० हजार २१८ जना नयाँ संक्रमित फेला परेका थिए ।
साथै त्यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा कोरोनाभाइरसका कारण ३८८ जनको मृत्यु भएको छ । कोरोना संक्रमणबाट भारतमा दैनिक मृत्यु हुनेमा यो नै हालसम्मको बढी संख्या हो ।
अहिले भातरमा १ लाख ३८ हजारभन्दा बढी मानिस सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १ लाख ४० हजार ९८९ जना भने सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । बुधबार एकै दिन ६ हजार ८१४ जना निको भएर घर फर्किएको बताइएको छ ।
