(Wednesday 28th of October 2026)
`

काेराेना महामारी केन्द्र भारतमा एकैदिन २६६ काे मृत्यु

  • सगरमाथा गन्तब्य
  • 18.6K
    SHARES

    काठमाडौं, २७ जेठ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा छैटौँ स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या हतपत घट्ने देखिन्दैन । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ४४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

    योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख ६५ हजार ९२८ पुगेको वर्ल्डो मिटर्सले जनाएको छ । त्यसैगरी रोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ७ हजार ४७३ जनाको मृत्यु भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि १ लाख २९ हजार ३६०जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ थजनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १ लाख २९ हजार ९५ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ ।  भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology