(Wednesday 28th of October 2026)
`

कर्णाली प्रदेशमा एकै दिन ७५ कोरोना संक्रमित

  • सगरमाथा गन्तब्य
  • 8.7K
    SHARES

    मनिराज पाण्डे – कालिकोट, १९ जेठ । कर्णाली प्रदेशमा आज एकै दिन थप ७५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणको पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर सुर्खेतद्वारा जारी पछिल्लो विज्ञप्तीमा जनाइएअनुसार आज बिहान कर्णाली प्रदेशमा ७५ नयाँ संक्रमित थपिएका हुन् ।

    सुर्खेतस्थित प्रादेशिक प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट उनीहरूमा कोरो भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार यसरी थपिनेहरूमा दैलेखका ३९ जना पुरुष र २ जना महिला रहेका छन् । यसैगरी सल्यानका १० पुरुष, सुर्खेतका ५ पुरुष र जुम्लामा २० पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेको मन्त्रालयले जनाएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology