नेपालगन्ज जेठ ९- कोरोना भाइरसका कारण देशभयावह बन्दै गएको अवस्थामा सुत्केरी महिलालाइ मात्र केन्द्रीत गरी प्रत्येक जिल्लामा एउटा सक्वारेन्टाइन निर्माण गर्न सके सुत्केरी र गर्भवति महिलाको निम्ति चाहिने पोषीलो खान,रजस्वला भएको बेला सरसफाइ लगायत अन्य महिलाका समस्या समाधान गर्न सकिने महिला मानबअधिकार रक्षक संजाल प्रदेश ५को जुम मिटिडमा जोड दिइएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनु भयो ।
महिला मानब अधिकार रक्षक संजाल प्रदेश ५का संयोजक लक्ष्मी आचार्यद्धारा सहजीकरण गरीएको जुम मिटिडमा प्रदेश ५का १०वटा जिल्लाका पत्रकार र महिला मानवअधिकार रक्षकहरुको सहभागीता रहेको थियो ।
महिला पुरुष एउटै क्वारेनटाइनमा हुदा सुत्केरी महिला,गर्भवति महिलालाइ पौष्टीक आहार र रजस्वाला भएका महिलाहरुलाइ प्याड र सरसफाइको समस्या हुने गरेको,महिलाको निम्ति छुट्टै शौचालय नहुदा रजस्वला भएको समयमा प्याड फेर्न र नुहाउन समस्या भएको,विदेशबाट आएकाहरु सबैलाइ एकैठाउँमा क्वारेन्टाइनमा राख्दा उचित व्यवस्थापन गर्न नसक्दा त्यहिबाट पनि कोरोना भाइरस सर्न सक्ने खतारा रहेको,ठूलो संख्यामा विदेशबाट आएर लुकिछिपि बस्दा रोग फैलिने खतरा रहेको, प्रदेश ५मा प्रयाप्त क्वारेन्टाइन भएको,सीमासंग जोडिएको ६वटा जिल्ला भएकाले बढि जोखिम रहेको,लकडाउनको बेला आत्महत्या,बलात्कार,हिंसा बढेपनि प्रहरीले दर्ता गर्न नमानेको,क्वारेन्टाइन मापदण्ड अनुरुप नभएका,अपाड्गमैत्री नभएका,लकडाउनको समयमा मानसीक ,आर्थिक समस्या बढेको जस्ता विषयमा छलफल गरीएको थियो , महिला मानब अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष डा.रेणुराज भण्डारीको प्रमुख आथित्यमा बैठक बसेको हो । उहाँले बन्दाबन्दीको अवस्थामा हामी आफु सुरक्षित हुदै सरकारले गरेका निर्णयको पालना गर्दै आफु सुरक्षित भएर सरकारलाइ कसरी सहयोग गर्न सकिन्छ भन्ने तर्फ सबैले सोचेर कोरोना संक्रमितहरुलाइ हेला होचो नगरी सामाजिक दुरी कायम गर्दै माया र मनोविमर्श दिन जरुरी रहेको बताउनु भयो । उहाँले क्वारेन्टाइनमा सुत्केरी र गर्भवति महिलाका समस्या पुरुषका भन्दा भिन्दै हुने भएका कारण त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो
