(Wednesday 28th of October 2026)
`

सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने, यस्ताे छ मन्त्रिपरिषदकाे निर्णय

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    काठमाडौं, ९ जेठ । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव लैजाने भएकाे छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशाेधनका लागि सदनमा प्रस्ताव दर्ता गराउने निर्णय गरेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारद्वारा हालै मात्र जारी गरिएकाे नेपालको नयाँ नक्सा कार्यान्वयन गर्न संविधानमै संशाेधन गर्नुपर्ने भएकाले साे प्रस्ताव दर्ता गर्ने निर्णय गरेकाे हाे ।

    भारतकाे अतिक्रमणमा रहेकाे लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएकाे नयाँ नक्सा संविधानको अनुसूची ३ मा रहेकाे निशान छापमा समावेश गरेर परिवर्तन गर्नका लागि संविधान संशोधन प्रस्ताव लैजाने निर्णय भएकाे हाे । सोमबारकाे मन्त्रिपरिषद बैठकले नेपालकाे नयाँ नक्सा पारित गरेको थियो, जसलाइ बिहीबार सार्वजनिक गरिको छ । संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology