(Wednesday 28th of October 2026)
`

भारतको दवावबाट नेपाल झुक्दैन : कमल थापा

  • सगरमाथा गन्तब्य
  • 7.5K
    SHARES

    काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको दवावबाट नेपाल नझुक्ने बताउनुभएकाे छ । समाजिक सञ्जाल ट्वीटरमार्फत सिमानाबारे भारत सरकारको अभिव्यक्तिलाई लक्षित गर्दै लेख्नुभएकाे छ- ‘नेपाल वार्ताबाट समाधान खोज्न तयार छ, तर दवावबाट झुक्दैन।’ उहाँले सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सिमाको ‘कृत्रिम विस्तार’गर्दै आएको पनि बताउनुभएकाे छ । ‘सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तार गर्दै आएको हो,’ थापाले उल्लेख गर्नुभएकाे छ । थापाले अतिक्रमित क्षेत्रमा सैनिक ब्यारेक खडा गर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको भन्दै विरोध पनि जनाउनुभएकाे छ । ‘वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबीच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटोबनाउने र नयाँ नक्सा बनाउने काम भारतले गरेको हो,’ थापाले लेख्नुभएकाे छ ।

    सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालकाे नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेकाे छ । तर भारत सरकारले लगत्तै उक्त नक्सा सार्वजनिक भएपछि अस्वीकार्य भन्दै टिप्पणी गरेको छ । अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि थापाले त्यहाँका मिडियाले ‘पित पत्रकारिता’गरेको भन्दै विरोध गरेका छन्। न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology