(Wednesday 28th of October 2026)
`

लकडाउनमा नेपालगन्जको व्यस्त शहर

  • सगरमाथा गन्तब्य
  • 17.7K
    SHARES

    मेराज अहमद (हिमालय), बाँके : नेपालगन्जमा ईदको रौनकता छोएको छ । कोरोनाको डर भय हराएको छ यो मुर्खता हो ? नेपालगन्जको बजारमा जताततै नकाबमा महिलाहरू रोजा राखेर बजारमा किनमेल गरेको हेर्न सकिन्छ । ईद मनाइने हो तर अगाडी आउने चुनौतीका लागि हामी तयार भएको देखिएन आफुसंग भएको सारा सम्पत्ति नयाँ नयाँ लत्ताकपडा, जुत्ता, चप्पल लगायतमा खर्च गर्ने हुलको हूल देख्न सकिन्छ लकडाउन र कोरोना महामारी कति महिना दिनसम्म रहि रहने हो भविश्यमा आई पर्ने समस्याको सामना हामी कसरी गर्ने हो । कुनै चिन्ता देखिदैन खास गरेर हाम्रो समाजका अति पिछडिएका गरीब मजदुरहरूको महिला पुरूष किनमेलमा सहभागिता अति धेरै रहेको बजारमा देख्न सकिन्छ । लकडाउन भएको झण्डै दुई महिना पुग्नै लाग्दा लकडाउनको प्रवाह नै नगरि बजार स्थानियको भिडभाडले मन दुखि र चिंन्तित भएको हुन्छ । यस्तै अन्य समुदायका महिला पुरूषहरूको समेत अनावश्यक सरसमान खरीद गर्नमा ब्यस्त रहेको समेत देख्न सकिन्छ जो हामी सबैको लागि घातक बन्न सक्छ । सामान्य हेलचर्काईले समाजमा ल्याउन सक्ने चुनौती र यसको सामना बारे हामीले सोचेका छैनौं जस्तो भाम भैरहेको हुन्छ । बजारको खुलेआम विक्रिवितरणले कति पनि हामीले सोच विचार नगरि हावादारीमा खेलवाडका रुपमा ल्याईरहेका छौं । बजारको दृष्य हेर्दा अचम्म लाग्छ । कि कोरोना भाइरस त्यसै भित्रिने सम्भावना बढि रहेको देखिन्छ । नागरिकको जमघट बजार स्वरुप चहलपहलले कोरोनाको वास्तै नभएको जस्तो देखिन्छ । खाद्यान तथा औषधी पसल हालको अवस्थामा खुल्न अति अवश्यक रहेको छ यस बहेक सबै पसल बन्द रहे बजारहरूमा भिडभाड समेत कमि आउनेछ र सामाजिक दुरी पालन गराएर मात्र बिक्री बितरण गरिनुपर्ने हो तर अधिकांश पसलहरूले मनोमानि तरिकाले मेला लगाएर ब्यापार गरेको सहजै देख्न सकिन्छ ।
    जसले गर्दा स्थिति झनै भयावाह बनाउन मद्दत हुने मेरो अनुमान रहेको छ । गरीबहरूको लागि अहिले न ब्यापार छ न रोजगार ,भएको पैसा पनि अनावश्यक वस्तुमा खर्च गरि दिए कोरोनाको भन्दा थफ महामारी भोखमरीको सिर्जना भविष्यमा हुने निश्चित रहेको छ । मेरो सल्लाह छ । हालको अवस्थामा तपाईहरू ईदको सांपिग गर्दै न गर्नुस आफुसंग जे छ त्यसैमा पर्व मनाउनु पर्छ । जिन्दगी रहे अर्को बर्ष वा अर्को पर्वमा धुमधामका साथ मनाउने दिन छदैछ । यो महामारीमा लकडाउन खुकूलो भएको बेला तपाई बजार निस्कनुहुन्छ भिडभाÞड हुन्छ कुनै संक्रमित ब्यक्तिसंग त्यही भिडमा संक्रमित बन्नु भयो भने घरपरिवार सबैलाई समस्या पार्नुहुनेछ हालको अवस्थामा खाद्यान र रेगुलर चल्दै आएको औषधी बाहेक कुनै पनि अनावश्यक वस्तुमा आफनो पैैसा खर्च गर्नु मुर्खता साबित हुनेछ, ठुला बडा जिम्मेवारहरूले छरछिमेकका र खासगरि बालबलिका तथा गरीब मजदुरहरू लगायत सबैलाई यस बारे सम्झाउन अग्राह गर्न संम्बन्धित सबै अगुवा तथा बांके जिल्ला लगायतका देशभरिका संम्पुर्ण मस्जिद मदरसा तथा अन्य धार्मिक स्थलहरूबाट यस बारे मैकिंग गरि अपीलको लागि पहल गरिदिन गराउन सबै धर्मगुरू तथा मस्जिद मदरसा र अन्य समुदायका धर्मिक स्थल समितिहरूमा हार्दिक अनुरोध गर्दछू ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology