साहबुद्दिन हल्वाई, बाँके : विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ महामारीले विश्व आक्रान्त बनि रहेको समयमा मुस्लिम समुदायको महान पर्व ईद उल फितर (ईद) पनि नजिकिदै छ । ईस्लमिक केलेन्डर (पात्रो) अनुसार ९ औं महिनामा पर्ने मुस्लिम समुदायको पबित्र महिना रमजान शरिफ हो । चन्द्रमा हेरेर यस पबित्र महिनाको सुरुवात हुन्छ । यो पबित्र महिना रमजानमा बिश्व भरिकै मुस्लिम समुदायका मानिसहरु एक महिना रोजा बस्छन ।
यस बर्ष नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्दै मुस्लिम समुदाय लगायत विश्वमा रहेका मुस्लिमहरुले रमजान शरिफ आफ्नै घरमा मनाईरहेका छ्न । साथै मुस्लिम समुदायका मानिसहरू पाँच टाईमको नमाज र शुक्रबारको नमाज मस्जिदमा पढ्ने गर्थे तर यस बर्ष कोरोना भाइरसको कहरले घरमै बसेर नमाज पढ्ने गरेका छन । रमजानको दुई चार दिन बित्दै नेपालगन्जको अधिकांस मस्जिद र ठाउँ ठाउँमा मुस्लिम समुदायले रोजा ( व्रत) बसेकालाई र अन्यधर्मका ब्याक्तीहरुलाई पनि समाबेश गराई एकसाथ जमघट भइ ईफ्तरी खुवाउने गरिन्थ्यो । धर्मिक सद्भाव कायम राख्न नेपालगन्जका धर्म गुरु समाजसेवी बुद्धिजीवी र युवाहरु समेत ईफ्तरीमा (भोजन वा जल) सहयोग हुन्थ्यो । तर कोरोना भाइरस कोभिड १९ महामारीले गर्दा रमझम देखिएको छैन ।
बाँके जिल्लामा रहेको नेपालगन्ज शहर एउटा आफ्नो छुट्टै पहिचान र छाप बनाएको छ साथै यस शहरलाई सामाजिक सद्भाव शहरको नामले समेत नेपालमा चिन्ने गरिएको छ । रमजान शरिफमा घरायसी समान जस्तैः फलफूल मिठाई नयाँ नयाँ लुगा कपड़ा जुत्ता चप्पल र गरगहना किन्नेको बजारमा मुस्लिम समुदायको चहलपहल देखिन्थ्यो तर यस बर्ष कोरोना भाइरसको त्रास र लकडाउनका कारण भिड्भाड रमझम देखिएको छैन पबित्र महिना रमजान खल्लो बनेको छ ।
मुस्लिम समुदायहरुले ईस्लामिक केलेन्डरका (पात्रो ) अनुसार बर्षमा बर्षमा दुई पटक ईद मनाउने गरिन्छ । ईद उल फितर (ईद) भनिन्छ भने आर्को ईद उल अजहा जसलाई बक्रा ईद भनिन्छ । ईद उल फितर (ईद) सकिने दिन देखि २ महिना पछि ईद उल अजहा बक्रा ईद पर्व मनाउने गरिन्छ । रमजान महिनाको अन्तिम दिन सबै मुस्लिम समुदाय चन्द्रमा हेर्नका लागि उत्साहित हुन्छन् । चन्द्रमा हेरि पश्चात् दोस्रो दिन भोलि बिहान ईद उल फितर (ईद) पर्व मनाउने गरिन्छ । ईस्लाममा ईद उल फितर अथवा ईदको पर्व मुस्लिम समुदायको लागि एकदमै खुसीको दिन हो । मुख्य पर्व पनि हो । बिश्वका सम्पुर्ण कुनकुनमा फैलिएर बसेका मुस्लिम समुदायहरुले यस पर्वलाई विश्वास र उत्साहपूर्वक मनाउने गर्दछन । बास्तबमा ईद पर्व समाजमा खुशी फैलाउने छरछिमेकमा आपसी भाईचाराका साथै सुखदुःख समाबेश हुने तथा जनमानसमा सामाजिक सद्भाव कायम राख्न, सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । हाम्री देशमा ईदको पर्व आउँदा मुस्लिम समुदायका साथै सम्पुर्ण समुदायका ब्यक्तिहरु खुशीले उत्साहित हुने गर्दछन ।
ईद पर्व धानी गरिब ,बालबालिका, युवा, वृद्ध सबै जनामा बराबर उत्साह देख्ने गरिन्छ । सबैले नयाँ कपड़ा ,नयाँ गहना ,जुत्ता चप्पल लगायत अन्य भौतिक सुखहरु आफ्नो सामर्थ्य र क्षमता तथा रुचि अनुसार खरिद गर्दछन । चारैतिर फलफुल वा मिठाइको पसलमा लामो भिड्भाड देखिन्छ । वातावरणमा एक छुट्टै नयाँ चमक आउँछ । सम्पुर्ण मुस्लिम समुदाय यस पर्वलाई धुमधाम संगै बिशेष तयारीका साथ मनाउने गर्द्छन ।
ईदको बिहान बच्चाहरु, युवाहरू, र बुढा मानिसहरू सबै ईदगाहमा (मस्जिदमा) एक निश्चित समयमा सफा लुगामा सामुहिक भेला भइ सबैले एकसाथ लाइनमा नमाज पढी दुवा (प्रार्थना) गर्छन । हजारौं ब्याक्तीहरु दुवा (प्रार्थना) गर्न आफ्नो हात उठाउँछन ती सम्पुर्ण दृश्य देखेर मन प्रसन्न र कोहि पनि सानो छैनन् हामी सबै जना बराबर छौ भन्ने एउटा भावना देखाउँछ ।
अल्लाहसंग मुस्लिमहरु आफुले गरेको पाप (गुनह) को माफी मात्र न मागी आफ्नो साथी भाइ , गरिब , दुखी बिरामी ,अशक्त , आशय , कारागारमा कैद भएका ब्याक्तीहरुको रिहाई का लागि र साथै आफ्नो रास्ट्रको उन्नति प्रगति शान्ति समृद्धिको समेत अल्लाह संग दुवा (प्रार्थना) गर्दछन । नमाज पढि सके पछि मुस्लिमहरुलाई एकअर्कालाई अगाँलो हाली ईदको शुभकामना दिने गरिन्छ । सबै मुस्लिमहरु आफ्नो साथीहरू र आफू नजिकका आफन्तहरुको घरमा गएर अंकमाल गर्ने ईदको बधाई दिने र मिठो स्वादिष्ट परिकारका भोजन खाने र खुवाउने गर्छन् । ईद पर्व आपसी भाईचारा तथा एकाअर्कासंग प्रेम गर्न सिकाउँछ । ईदले सामाजिक सद्भाव पनि बढाउँछ पुरै विश्वमा मुस्लिम समुदायलाई अन्य धर्मका ब्याक्तित्वहरुले खासगरी ईदको शुभकामना दिने गर्दछन ।
