नेपालगन्ज २५ बैशाख- हावाहुरीका कारण बाँकेमा एक जना बालिकाको मृत्यु भएको छ । आज विहान तिव्रगतिमा आएको हावाहुरीका भाँचिएको आँपको हागाले १० बर्षिय बालिकाको मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका गनापुरस्थित बुडियागाउँकी दश वर्षिय बालिका नजिमन खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घरको आँगनमा खेलिरहेकी खाँलाई हावाहुरीले भाँचेको आँपको हाँगाले लागेको थियो । हाँगोले लागेपछि गम्भीर घाइते नजिमनलाई उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो । खाँको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ ।
