नेपालगन्ज २४ बैशाख- गत शुक्रवार बाँकेको नेपालगन्जमा ६० बर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ भेटियो । कोरोना भाइरस पोजेटिभ भेटिएको भोलिपल्ट एक्कासी १६ जनामा कोरोनाको संक्रमण देखियो । लगातार थपिदै गर्दा जिल्ला प्रशासन कार्यालय बाँकेले निशेधाज्ञा जारी ग¥यो । नेपालगन्जका नाका सवै सिल गरियो । पुन मंगलवार थप ७ जनामा कोरोना पोजेटिभ भटिदा झनै प्रशासनले कडा रुपमा उत्रियो । अहिलेसम्म नेपालगन्जमा २३ जनामा संक्रमण पुष्टि भएको छ । हाल उनिहरुको खजुरा गाउँपालिकास्थित क्यान्सर अस्पतालमा बनाइएको आईशोलेशनमा उपचार भैरहेको छ । सुरुमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का एक व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि सो व्यक्तिको घुलमिल आफन्त र आवतजावन गर्ने मस्जिद, मदरसाका व्यक्तिको स्वाव परिक्षणका लागि स्वाव संकलन गरियो । ९४ जनाको स्वाव संकलन गर्दा २३ जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

आइसोलेसनमा राखिएर उपचार भैरहेका उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भेरी अस्पतालमा प्रमुख डाक्टर प्रकाश थापाले बताउनुभयो । एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएपछि नेपालगन्जमा बाँके प्रशासनले निषेधाज्ञा जारी गरि लकडाउनलाई कडाई गरेको छ । हरेक चोक चोकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ अवस्थामा रहेका छन् । बजार पुर्णरुपले बन्द रहेको छ । मानिसहरुको आवतजावत पुर्णरुपले ठप्प छ । लकडाउनको पालना गर्न प्रहरी प्रशासन तैनाथ अवस्थामा रहेका छन भने स्थानिय नागरिक खाद्यान्नका लागि बजार निस्कदा मंगलवार प्रहरी र स्थानिय विच झडप समेत भएको थियो । अति आवश्यक काम बाहेक बाहिर निस्कना नमिल्ने सूचना जारी गर्दा समेत स्थानियले किनमेलका लागि बजार निस्कदा प्रहरीले लाठी चार्ज गर्दा नेपालगन्जको त्रिवेणिमोडका एक जना स्थानिय घाइते भए । प्रहरीले अनावश्यक लाठी चार्ज ग¥यो भन्दै स्थानियले आक्रोसमा उत्रिएका थिए । केहीबेर तनावग्रष्त रहेको नेपालगन्ज पछि साम्य अवस्थामा पुगेको थियो । जनताकै लागि सेवा दिन उत्रिएका प्रहरीमाथि स्थानिय जनता जाईलागेपछि प्रहरी प्रशासन झनै तैनाथ पारियो र आखिरमा स्थानियले प्रहरीसमक्ष माथि माग्न पुगे । आक्रोसमा आएका स्थानिय प्रहरीको मोवाईल भ्यानमा ढुगामुढा प्रहार गर्दा गाडीमा क्षति समेत भएको थियो । यस्तै नेपालगन्जका ५ स्थानबाट मंगलवार ५६ जनाको स्वाव संकलन गरिएको छ ।

