(Wednesday 28th of October 2026)
`

लकडाउन जेठ ५ गतेसम्म

  • सगरमाथा गन्तब्य
  • 15.4K
    SHARES

    काठमाण्डौं २४ वैशाख, । मन्त्रिपरिषदको निर्णयले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म कायम गरेको थियो । कोरोना भाइरस झन झन थपिदै जादा नेपालमा पनि लकडाउन लम्व्याउदै गएको छ । हाल नेपालमा ८२ जनामा कोरोना संक्रमण देखा परेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन बुधबार ४४ औं दिन पुगेको छ । लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ । भारतमा संक्रमणको अवस्था जोखिमपूर्ण देखिदै जानु नै नेपालमा पनि जोखिम बढनु हो तसर्थ भारतमा खुकुलो नभएसम्म यसलाई निरन्तरता दिन आवश्यक रहेको मन्त्रिपरिषदमा कुरा उठेको थियो । एक मन्त्रिले भन्नुभयो । भारतमा संक्रमण बढि हुनु । त्यसको असर नेपालमा पनि पर्छ तसर्थ यसबारे पनि सोचविचार गरेर नेपालमा खुकुलो बनाउने तयारी गर्नुपर्ने मन्त्रिहरुको धारणा थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology