(Wednesday 28th of October 2026)
`

नेपालगन्जको लकडाउन र मुस्लिम समाजको भुमिका

  • सगरमाथा गन्तब्य
  • 9.6K
    SHARES

    मो.ज्याउल हक हल्वाई

    नेपालगन्ज २० बैशाख- मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ‘रमजान’को शुभारम्भ १२ गते शुक्रबार साँझ चन्द्रमा हेरी शनिबार बिहान ४ बजे पश्चात उपवास बसी शुरु भएको हो । विशेषत यस महिनामा मुस्लिम समुदायले चन्द्रमा हेरी रोजा (ब्रत) बस्ने देखि पाँच टाइमको नमाज पढ्ने र साथै विशेष नमाज (तरावीहं, जून कि यो महिनामा मात्र पढिन्छ) पनि पढने,साथै बिहान तहज्जूदको नमाज पनि पढ्ने र अल्लाह सगं दूआ (प्रार्थना) गर्ने र २९ दिनसम्म यसैगरी गर्ने र २९ औ दिन चन्द्रमा हेरी सो दिन (नदेखे ३०औ दिनको चन्द्रमा हेर्ने) र सो को भोलिपल्ट ईदको नमाज पढेर रमजान पर्वको विदाई गरिन्छ । ईदको नमाज अगाडी आफ्नो शरीरको दान (जकात आफनो आम्दानीको अढाइ प्रतिशत, बाहेक) गरिबलाई दिने जसलाई फित्रा भनिन्छ जून अढाई किलो राम्रो गहुँ अथवा सोको मूल्य लगभग ८० रूपियाँ दिइनु पर्ने प्रत्येक मुस्लिमलाई अनिवार्य रहेको छ ।
    देशैभरि हेर्ने हो भने लकडाउन अवधि एक महिना भन्दा बढि भैसक्यो १९ गते शुक्रबार एकजना संक्रमित रहेको पुष्टि हून्छ । जातिय हिसाबले संक्रमित मुस्लिम भएपनि यस भाइरसले जात हेरेर हमला गर्दैन, आज यस कोरोनाबाट संसारनै बिचलित भइसकेको अवस्थामा हामी एकअर्कालाई सहयोग नगरिकन यस भाइरस माथि जित हासिल गर्न असम्भव छ । यस लकडाउनको अवधिमा नेपालगन्जका मुस्लिम समूदायका बीचका मान्छे, संघ, सगठनबाट हरेक वर्गमा अगाडि आएर जात धर्म नहेरी मानवरूपी गरेको सहयोगी कार्यहरू अतिनै सराहनीय रहेको छ । जो की मुस्लिम समुदायका विभिन्न वर्गका मान्छेहरूबाट उक्त कार्यहरू अझैं पनि जारीनै छ, सो कार्यबाट सबै धर्म, जातीहरूलाई मद्दत पूग्ने र हामी मुस्लिम, हिन्दू, सिख, इसाई, र अन्य धर्म बीचको सौहार्द भाइचाराको प्रतिक हुनेमा दुई मत छैन ।
    कोरोनाको प्रकोप बढिहँदा, नेपाल प्रवेशसँगै देशैभरी लकडाउन भो यसैबीच नेपालगन्ज पनि लकडाउनको तयारीमा पुग्यो, यसमा मुस्लिम समूदायलाई लिएर कैयौं भिन्न भिन्न सोचहरू बाहिर आउन शूरू भो, जसको जति बुद्धी पुग्यो त्यसले त्यही अनुरूप प्रतिक्रिया पनि दियो, चाहे त्यो कतिपय मिडिया होस या कसैको व्यक्तिगत धारणा, सोशल मिडिया मार्फत पनि, कसैले टाढा राख्न चाहेनन् । जबकि मुस्लिम समुदायले लकडाउनसँगै आफनो समूदायलाई सुरक्षित तरिकाले लकडाउनको पूर्ण पालना गराउने तिर लाग्यो र सम्पूर्ण धार्मिक स्थल पनि बन्द गरियो, साथै कयौं मिडियामार्फत मस्जिद मदरसाहरूको विज्ञप्ति पनि सार्वजनिक भो । जस अनूसार मुस्लिम समुदायले आफ्नो हरेक नमाज लकडाउन अवधि भरी घरभित्र नै पढ्ने भनेर भनियो ।
    नेपालगन्जका मुसलमान दाजुभाइहरुले त्यहि अनुरूप गर्न थाले र लगत्तै रमजान पनि शुरुभो, रमजानको हरेक ईबादत (रोजा, नमाज) लकडाउनले गर्दा घरमानै पढन शुरु गरियो । जसकारण कोरोना भाइरसको जोखिम कम भइ नेपालगन्ज अहिलेसम्म सुरक्षित हुन पुगेको थियो । यसमा नेपालगन्जका धार्मिक अगुवा तथा धार्मिक गूरुहरूको पनि अहम् भूमिका रहयो, जूनकी सराहनीय रहेको छ ।
    कतिपय सञ्चार माध्यमहरूले अनेकौं टिप्पणी गरिरहँदा नेपालगन्जका मुस्लिम समुदायले कोरोना भाइरसलाई परास्त गर्ने साहस देखाउँदै सरकारको हरेक नियमदेखि लिएर स्थानिय प्रशाशन र स्थानिय निकायको साथ दिन अहम भूमिका निर्वाह गरयो । र पनि नेपालगन्जमा १९ गते शुक्रबार एकजना ६० वर्षिय पुरूषमा सक्रमण भएको पुष्टि भयो, नेपालगन्ज लगायत अन्य ठाउँमा कोरोना भाइरसको जोखिम कम हुनुमा अन्य समुदायका साथै मुस्लिम समुदायको सहयोग अपरीहार्य थियो । जसलाई मुस्लिम समुदायले पूरा पनि गरे । एक पुरुषमा पुष्टिसँगै नेपालगन्ज तथा आसपास त्रास फैलिएको अवस्था पक्कैपनि राम्रो होइन ।

    भाइरस माथि जित हासिल गर्नू नै पर्छ,जसमा संक्रमित व्यक्त जो सूकै भएपनि त्यो संक्रमित नै मानिन्छ, एकता उसको उपचारको जोखिम हाम्रा डाक्टर देखिलिएर स्वास्थ्यकर्मीले उठाइ राखेको अवस्थालाई हामीले कहिलेपनि हल्कामा लिनसक्ने अवस्था नरहेको र उसले कतिमा सक्रमण फैलायो त्यो जोखिम अलग, सबै गम्भीर हून जरूरी रहेको यर्थाथ हो, जसलाई हामीले मनन् गर्नै पर्छ । देशमा कुनै पनि परिस्थितिमा म स्वयम मुस्लिम भएको नाताले सय प्रतिशत ग्यारेन्टी गर्छु कि मुस्लिम समुदाय कदापि पछि पर्दैन । अहिलेको बिषम परिस्थितिमा जहाँ सबैलाई धेरै थोरै प्रभाव परेको अवस्थामा, डेली जसो मजदूरी गरि जिविकोपार्जन गर्नेलाई प्रत्यक्ष असर परेको सजिलै बुझ्न सकिन्छ । यसमा नेपालगन्जका व्यक्तिहरूले अहिले सम्म अग्रणि भूमिका निर्बाह गरेको, र अब उपरान्त पनि अगाडि बढेर एक अर्काको सहयोग गर्नेमा म विश्वस्त छू ।
    सौहार्दाको शहर नेपालगन्जले अहिले सम्म यस सक्रमणबाट सबै जनमानस लाई बचाउन सफल भएकै हो, पक्कै पनि कहिँ कतै चुक भएकै हो नत्र त्रास मा झन त्रास हूने थिएन, हूने भइहाल्छ, तर अगाडि नदोहोरिन सावधानी जरुरी छ, यसमा कोही कसैबाट चूकहूने कार्य हूनू हुन्न । यस्ता सक्रमणलाई कूनैपनि हालतमा परास्त गरनै पर्छ । कसैलाई अनावश्यक दोसदिनू भन्दा राम्रो सलाह र सुझाव दिएमा निकास निस्किन्छ । सबैको उद्देश्य एकनै हो यस कोरोना भाइरसबाट आफू, टोल, छिमेक, शहर र देश लाई कसरी बचाउने ।
    कूनैपनि रोग तथा सक्रमणलाई जातीय हिसाबले पनि हेर्नु हुन्न । हर हमेशा हामीले एक अर्काको भलो चेताएको हो र अगाडि पनि यस्तै गर्न एकजुट हूनू पर्छ । केहिदिन अझै पूर्ण लकडाउनको पालना गरौ, आँफू सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ, हामी सबैको नेपाल प्यारो नेपाल । अल्लाह करीमले हामी सबैको रक्षा गरून, यस कोरोना भाइरसबाट छिट्टै नै मुक्ति पाइयोस् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology