(Wednesday 28th of October 2026)
`

मुम्बईमा रहेको एक नेपाली परिवारका ८ जनामा कोरोना संक्रमण

  • सगरमाथा गन्तब्य
  • 20.9K
    SHARES

    काठमाडौँ, २९ चैत । भारतको मुम्बईमा बस्दै आएका नेपालीको परिवारमा कोरोना भाइरस संक्रमण फैलिएको छ । एकै पसरवारका ८ जना नेपालीमा कोरोना संक्रमण देखिएसँगै भारतमा रहेका नेपालीमध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएको नेपाली परिवारमा उक्त संक्रमण देखिएको हो । अछाम घर भएर हाल मुम्बईमा रहेको सो परिवारका २ दाजुभाइ, उनीहरूका श्रीमती र ४ बालबालिकामा कोरोना संक्रमण देखिएको हो ।

    संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । उनीहरु केहीको मुम्बईकै कस्तुरवा अस्पतालमा उपचार भइरहेको छ भने केही आइसोलेसनमा रहेका छन् । यसअघि भारतको बैंग्लोर बस्दै आएको एक नेपाली दम्पतीसहित चार नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology