काठमाडौं, २७ चैत । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । पछिल्लाे केहीदिन यता लिइएकाे स्वाबमा १० जना नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमितको संख्या २२ पुगेको बहराइस्थित नेपाली दूतावासले जनाएको छ ।
यो रिपोर्ट बुधबार मात्रै सार्वजनिक भएको हो । याेभन्दा पहिला बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण भेटिएको थियो । बहराइनमा हालसम्म जम्मा ८ सय २३ जनामा कोरोना संक्रमण पाइएको छ भने १२ जनाको ज्यान गइसकेको छ । न्युज २४ नेपालबाट
