(Wednesday 28th of October 2026)
`

अमेरिकामा लगातार १ हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ३ लाख ३६ हजार नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    काठमाडौँ, २४ चैत । महामारीको नयाँ केन्द्र बनिरहेको अमेरिकामा कोरोना भाइरस (कोभिड १९)का कारण पछिल्लो केही दिनयता लगातार १ हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।

    आइतबार अमेरिकामा कोरोना भाइरसका कारण १ हजार १६५ जनाको ज्यान गएको छ । यससँगै कुल मृतक संख्या ९ हजार ६१६ पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।

    यो समाचार तयार पार्दासम्म अमेरिकामा कुल संक्रमित संख्या ३ लाख ३६ हजार ६७३ पुगेको छ । जसमा २५ हजार ३१६ नयाँ संक्रमित आइतबार मात्र देखा परेका हुन् । १७ हजार ९७७ जना भने पूर्ण रूपमा निकाे भइसकेका छन् ।

    शनिबार एकै दिनमा अहिलेसम्मकै सर्वाधिक नयाँ संक्रमित ३४ हजार १९६ देखा परेका थिए । शनिबार एक दिनमा काेराेनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३० थियो ।

    शुक्रबार पनि अमेरिकामा काेराेनाका कारण एकै दिन १ हजार ३२० जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए । त्यस दिन ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । बिहीबार अमेरिकामा ९६८ जनाकाे मृत्यु भएकाे थियाे । त्यस दिन २९ हजार ८७४ नयाँ संक्रमित फेला परेका थिए ।

    सबैभन्दा बढी न्यूयाेर्कमा

    अमेरिकामा कुल मृत्युकाे झण्डै आधा संख्या त्यहाँकाे न्यूयाेर्क राज्य/शहरमा मात्र रहेकाे छ । त्यहाँ हालसम्म ४ हजार १५९ जनाले काेभिड-१९ का कारण ज्यान गुमाएका छन् । जसमा आइतबार मात्र ५९४ जनाकाे ज्यान गएकाे छ ।

    न्यूयाेर्कमा हालसम्म कुल १ लाख २३ हजार १८ जनामा काेराेना संक्रमण देखिएकाे छ । तीमध्ये ८ हजार २४३ जना नयाँ संक्रमित आइतबार मात्र फेला परेका हुन् । त्यहाँ ६ हजार २७१ जना भने निकाे भइसकेका छन् ।

    अर्काे काेराेनाबाट सबैभन्दा बढी प्रभावित राज्य न्यूजर्सी हाे । त्यहाँ हालसम्म ३७ हजार ५०५ जनामा काेराेना संक्रमण पुस्टि भएकाे छ भने ९१७ जनाकाे ज्यान गएकाे छ । तुलनात्मक रूपमा त्यहाँ मृत्यु हुनेकाे संख्या कम र निकाे हुनेकाे संख्या बढी देखिन्छ ।

    हेर्नुहाेस् अमेरिकाका सबैभन्दा बढी प्रभावित १५ राज्यकाे अवस्था-

    स्राेत: वर्ल्डाेमिटर्स
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology