(Wednesday 28th of October 2026)
`

लकडाउन फेरि लम्बियो, अब वैशाख २५ गतेसम्म जारी रहने

  • सगरमाथा गन्तब्य
  • 9.8K
    SHARES

    काठमाडौँ, १४ वैशाख । सरकारले कोरोना भाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जारी लकडाउनलाई लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि पाचौँपटक १० दिन थपेर २५ गतेसम्म कायम राख्ने निर्णय गरेको हो । यसअघि वैशाख २ गतेको मन्त्रीपरिषद बैठकद्वारा चौथोपटक थप गरिएको लकडाउन अवधि भोलि सोमबार (वैशाख १५) मा सकिन लागेको थियो । मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आजै मात्र वीरगञ्जमा र झापामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५२ पुगेको छ । कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ । नेपालले पनि यिनै कुरालाई ध्यानमा राखी गत चैत ११ गतेबाट सुरु गरिएको लकडाउन पटकपटक बढाउँदै लगेको हो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology