(Wednesday 28th of October 2026)
`

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या आधा लाख नाघ्यो

  • संक्रमित संख्या ९ लाख २४ हजार
  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    काठमाडौँ, १३ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् (कोभिड- १९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आधा लाखभन्दा बढी पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५२ हजार १६८ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र त्यहाँ १ हजार ९३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

    हालसम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित ९ लाख २४ हजार ४०२ पुगेका छन् । शुक्रबार मात्र त्यहाँ एकैदिन हालसम्मकै बढी ३७ हजार ९६० नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । साथै १ लाख १० हजार ४३२ संक्रमित भने पूर्णरुपमा निको पनि भइसकेका छन् । त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २१ हजार २८३ पुगेकाे छ । शुक्रबार मात्र त्यहाँ ४२२ काे मृत्यु भएकाे छ भने ८ हजार १३० नयाँ संक्रमित फेला परेका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ७११ पुगेकाे छ । अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या १ लाख २ हजार १९६ पुगेकाे छ । त्यहाँ ५ हजार ६१७ जनाले ज्यान गुमाएका छन्, जसमा १८९ जनाकाे मृत्यु शुक्रबार मात्र भयाे । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology