(Wednesday 28th of October 2026)
`

अमेरिकामा कोरोनाबाट एकैदिन १९ सयको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 12.2K
    SHARES

    काठमाडौँ, ९ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण केही दिन घटेको दैनिक मृत्यु संख्या फेरि बढेको छ । सोमबार एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको छ । यससँगै त्यहाँ काेराेनाबाट ज्यान गुमाउनेकाे कुल संख्या ४२ हजार ५१४ पुगेकाे छ ।यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित संख्या ७ लाख ९२ हजार ७५९ पुगेको वर्ल्डाेमिटर्सले जनाएकाे छ । सोमबार मात्र त्यहाँ २८ हजार १२३ नयाँ संक्रमित फेला परेका छन् । ७२ हजार ३८९ जना निकाे पनि भइसकेका छन् ।

    आइतबार र शनिबार अमेरिकामा अघिल्ला दिनकाे तुलनामा दैनिक मृत्यु संख्या घट्दाे रूपमा देखिएकाे थियाे । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । यसअघि अमेरिकामा काेराेना संक्रमणबाट दैनिक मृत्यु संख्या (अप्रिल १५ मा) २ हजार ६१८ सम्म पुगेकाे थियाे । शनिबार त्यहाँ १ हजार ८६७ जनाले काेराेनाका कारण ज्यान गुमाएका थिए । त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १८ हजार ९२९ पुगेकाे छ । साेमबार मात्र त्यहाँ ६३१ जनाकाे मृत्यु भएकाे छ भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका छन् । अाइतबार त्यहाँ एकै दिनमा ६२७ जनाकाे मृत्यु भएकाे थियाे भने ६ हजार १७४ नयाँ संक्रमित थपिएका थिए । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ५२ हजार नाघेकाे छ ।

    अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या ८८ हजार ८०६ पुगेकाे छ। त्यहाँ ४ हजार ३७७ जनाले ज्यान गुमाएका छन्, जसमा १७५ जनाकाे मृत्यु साेमबार मात्र भयाे ।

    सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

    न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology