(Wednesday 28th of October 2026)
`

ध्वनि खबरले सामाजिक कार्य गर्दै

  • सगरमाथा गन्तब्य
  • 23.8K
    SHARES

    १३ चैत्र, बाँके। बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जका सम्पुर्ण प्रशासन, सुरक्षाकर्मी ( प्रहरी, शस्त्र, वडा प्रहरी, जिल्ला प्रशासन, ट्राफिक प्रहरी ) र आम जनतालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । ९०० पि नेपाल प्रहरी र आम जनतामा ४०० गरी १३०० जति सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।

    यसैगरी काठमाडौदेखि दॉगसम्म खटिएका सुरक्षाकर्मी र युनिट लगायत आम जनतालाई गरी ११०० सय मास्क वितरण गरिएको थियो । नेपालगन्जमा आज सम्पुर्ण प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतका कार्यालय प्रमुखलाई माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो । कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँ ले बताउनु भयो ।

    सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ९०० पि माक्स निशुल्क रुपमा सुरक्षाकर्मीहरुलाई दिनुभएको हो । आज वितरण गरिएको मास्कमा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायलाई १०० पि माक्स, सशस्त्र प्रहरी ४० न. गुल्मका डिएसपी नवराज बोहरालाई १०० पि माक्स, सशस्त्र प्रहरी ३० न. गुल्ममा २००, नेपाल प्रहरी जमुनाहामा ५० पि, ट्राफिक कार्यालय बाँकेमा ५० पि, जिल्ला प्रहरी कार्यालय बाँकेमा ३००, वडा प्रहरी नेपालगन्जमा १०० पि, ४०० आम जनताहरुलाई गरि कुल १३०० पि माक्स हस्तान्तरण गरेको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology