(Wednesday 28th of October 2026)
`

कोरोना कहर : एक सातामै ४ हजारले गुमाए ज्यान

  • सगरमाथा गन्तब्य
  • 14.6K
    SHARES

    काठमाडौं, १२ चैत्र । विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस अर्थात कोभिड(१९ बाट इटालीमा मृत्यु हुनेको सङ्ख्या ६ हजार नाघेको छ ।
    विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८२० पुगेको छ । यो संख्या कोभिड(१९ को उद्गमस्थल चीनमा भन्दा दोब्बरले बढी हो । चीनमा कोरोनाको संक्रमणबाट अहिलेसम्म ३ हजार २८१ जनाले ज्यान गुमाएका छन् ।
    वर्ल्डो मिटर्स डट इन्फोका अनुसार इटालीमा कोरोनाबाट अहिलेसम्म ६९ हजार १७६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ३२६ जना पूर्ण रुपमा निको भएका छन् । अहिले इटालीमा ५४ हजार ३० जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ३ हजार २०४ जनाको अवस्था गम्भीर रहेको छ ।
    चीनमा अहिलेसम्म ८१ हजार २१८ जनामा कोरोनाको संक्रमण देखिए पनि बाँकी ४ हजार २७८ जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् । ७३ हजार ६५० भने पूर्ण रुपमा निको भइसकेका छन् ।
    पछिल्लो २४ घण्टामै इटालीमा ७४३ जनाको मृत्यु भएको छ भने ५ हजार २४९ जना नयाँ संक्रमित भेटिएका छन् । चीनमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ४७ जना नयाँ संक्रमित भेटिएका छन् ।
    बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने संकेत देखिएको छैन । इटालीमा एक सातामै ४ हजार ३१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटालीमा गत बुधबार ४७५, बिहीबार ४२७, शुक्रबार ६२७, शनिबार ७९३ र आइतबार ६५१, सोमबार ६०१ र हिजो मंगलबार ७४३ जनाको ज्यान गएको थियो ।
    इटलीको उत्तरी क्षेत्र लोम्बार्डो कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । सबैभन्दा धेरै मृत्यु पनि यहीँ नै भएको छ । इटली किन यति धेरै प्रभावित भयो भनेर अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ९५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology