(Wednesday 28th of October 2026)
`

८ जना शंकास्पदलाई भेरीमा रिफर

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    डुडुवा (बाँके), ११ चैत्र । बाँके डुडुवा गाउँपालिका अन्र्तगत सिमा नाकामा स्थापना गरिएको हेल्प डेस्कमा आएका ८ जना शंकास्पदलाई भेरी अस्पतालमा पठाइएको छ ।
    भारतको महाराष्ट्रबाट कमाई गरि नेपाल फर्किएका डुडुवा १ नयाँबस्तीका अज्ञाराम यादव, मुकेश बाहुन र शंकर यादव र भारत कै मुम्बईबाट नेपाल फर्किएका बाँके डुडुवा २ नौरीगौढीका रियाज दर्जी, सुधिर बर्मा, सन्तोष गोडिया, इद्रिस दर्जी इरसानी दर्जी गरि ८ जनामा आशंका भेटिएपछि थप परिक्षणका लागि आज दिउसो एम्बुलेन्समार्फत भेरी अस्पतालमा पठाइएको बेतहनी स्वास्थ्य स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्माले बताउनुभयो ।
    उनीहरुमा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि थप स्वास्थ्य परिक्षणका लागि अस्पतालमा पठाइएको छ । उनीहरुलाई नयाँ बस्ती खडैचा पिप्रहवा पोस्टमा स्थापना गरिएको डेस्कमा परिक्षणपछि यस्तो लक्षण देखिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology