नेपालगन्ज १० चैत्र
आयुर्वेदमा फिटकिरीलाई एक महत्वपूर्ण औषधी मानिन्छ । तर यस्ता प्राचिन समयदेखी प्रयोग हुँदै आएका पद्धतिको उपायोगिताबारे पर्याप्त जानकारी लिन नखोजी जे कुरा नि बिदेशीले प्रमाणित गरेर देखाईदिएको मात्र राम्रो मान्ने परिपाटीलाई अङ्गाल्दा आफुसँगै भएका यस्ता उपयोगी गुण भएका तत्वहरुलाई भने हामी ले बिर्सिरहेका हुन्छौं ।
हाल कोरोना भाइरसको महामारीको समयमा फिटकिरी एक बहुउपयोगी तत्व हो । यसमा हुने एन्टि ब्याक्टेरियल गुणले गर्दा फिटकिरी पानीले हात धोएमा ब्याक्टेरिया र भाइरस निर्मुल गरेर विभिन्न प्रकारको संक्रमणबाट बचाउँछ । यो एक प्राकृतिक माउथवास पनि भएकोले दांत दुखाई वा मुख गनाउने समस्यमा फिटकरी पानीको कुल्ला उपायोगी हुन्छ ।
यसका साथै फिटकिरीमा हुने म्याग्नेसियम सल्फेटले मानव शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर स्वस्थ बनाउने काम पनि गर्छ । विशेषगरी मुखमा केही घाउ खटिराहरू निस्किँदा तथा डण्डिफोर र छालाको चायाका लागि यो लाभदायक हुन्छ । म्याग्नेसियमले शरिरबाट हानिकारक पदार्थ निकाल्ने भएकोले दुई चम्चा फिटकिरीको धुलो घोलेको पानीमा दुखेको हात वा खुट्टा डुबाउँदा दुखाइमा राहत मिल्छ । साथै फिटकिरी पानीले नुहाउँदा थकान हटाउनुका साथै मुटुलाई फाइदा गरी हृदयघातको सम्भावना समेत कम गर्छ ।
