नेपालगन्ज – एउटा जुनै दर्जाको प्रहरी पनि लामो समयसम्म तालिम पश्चात् आफनो कार्य क्षेत्र पुग्छ जुन दिन देखि अर्को कार्यालय सरुवा वा बढुवा भएर नजाहुन्जेल उसको घर नै त्यो हो । जुन घरको प्रमुख हुनुहुन्छ त्यो नै उसको अभिभावक हो । जुन घरमा अरु कार्यरत साथी छ्न भने तिनीहरु नै उसका दाजुभाइ हुन ठानी आफ्नो सतकर्म तिर लागेका प्रहरीलाई सधै हेर्ने नजिर नै दोषी हुन्छ । जन्मिन्छ एक ठाउँ अनि सम्पुर्ण घरपरिवारलाई थाती राखेर पुर्वमा जन्मेको ब्यक्ति सुदुरपश्चिममा र सुदुरपश्चिममा जन्मेको ब्यक्ति पुर्व अर्थात नेपाल अधिराज्य भर संगठनको नीति बमोजिम जस्तो दुरदराजमा जान तम तयार हुन्छ । र उक्त स्थानमा पुगे पश्चात् राष्ट्रप्रती र आमनागरिक प्रतीको समर्पित भै संगठनको नीतिलाई शिरोपर राखी आफ्नो उतरदायित्व प्रती सधै तल्लिन रहेर कार्य गर्दछ उहीँ प्रहरीलाई हेर्ने नजिर नै कालो किन ? देशमा हरेक आपत बिपत र महामारी रोग, कोरोना भाइरसले प्रहरीको आफ्नो घरमा कोही घरमा सदस्य कोरोना भाइरसले संक्रमीत हुँदा समेत, प्रहरी भने कसैलाइ कोरोना भाइरसले छुन पनि नसकोस भनेर चोक चोक गल्लि गल्लीमा डियुटि गरि रहेकै हुन्छ । २०७२ सालको भुकम्पले पनि सबै ठाउँमा तहसनहस भयो हजारौ प्रहरीका घर भत्केर घरबिहिन भए कतिले त घरमा सदस्य गुमाए यो प्रहरीको घर र भनेर प्रकृतिले छुटाउदैन । आफनो सबै गुमि सक्दा पनि प्रहरी हरेक आपत बिपतमा खटिन तम तयार नै हुन्छ । घरमा टेलिफोन समेत गरेर आफनो घरको खवर समेत आदान प्रदान गर्ने निश्चित समय सहित हुदैन । त्यस्तै हिजोआजका कुरा गर्ने हो भने बिश्व कोरोनाले आक्रान्त भएको बेला प्रहरीमा पनि अछुत देखिएको छैन । प्रहरीहरु कर्तव्य प्रती कहिले बिचलित नभइ नागरिकको सेवामा सदाभर खटि नै रहेका छ्न । तत्कालकै अबस्थामा निआल्दा पनि कोबिडको डियुटिमा ३ भागमा बिभाजन गरेको थियो र अग्रपङ्तिमा डियुडिमा अर्थात् फ्रन्ट लाइनमा खटिने यक किसिमको अन्य नर्मल डियुटी गर्ने प्रहरी कर्मचारीलाई एक किसिकको प्रोत्साहन भत्ता दिने भनेर निर्यण भयर पनि स्वास्थ कर्मीले पाउँदा समेत कर्मचारीले खाली हात रहँदा पनि स्फुर्त तवरले कुनै निरुत्साहित नभइ आफनो निरन्तर सतकर्म गरेको छ्र्लङ देखिन्छ ।
नत नैरिसियता छ नत प्रहरीले गुनासो गरेको छ । स्वास्थ्यकर्मी औलाले गन्न सकिने संख्यामा संक्रमीत छ्न भने प्रहरी १५०० भन्दा माथिनै सङ्क्रमीत छ्न । त्यस्तै हरेक महिना महिनामा चाड्बाड आउदा प्रहरी कर्मचारीले कहिले पनि राम्रोसंग आफनो घरपरिवारमा घरका सदस्यसंग बसेर मनाउन पाउदैन बरु सबै आमनागरिकले भने बमोजिम चाड्बाड मनाउन पाओस भनेर तपाईको सुरक्षा हामी गर्ने छौ राम्रोसंग चाडबाड मनाउनु होस भनेर आमनागरिकको घर घरमा तथा दैलो दैलोमा पुगेर बिश्वास दिलाउछ । हामी सबै मानव हो हरेक मान्छेमा इच्छा आकांक्षा हुन्छ । उक्त इच्छालाई दबाएर पनि सुरक्षाको प्रत्याभूति दिने प्रहरीलाई हेर्ने नजिर नै फरक किन ? जव दशै आउँछ सबैले निधारभरी रातो टीका कान भरी जमरा लगाइ, चाड्बाड मनाउछ्न । तिहार आउँछ सप्तरङी टीका निधार भरी घाँटी भरी मकमलि तथा सयपत्री फुलको माला, होली पर्बमा सप्तरङी रङ द्ल्दै एकआपसमा आशिर्वाद दिने लिने प्रहरीकै अगाडि अन्यक्षेत्रका कर्मचारी समेत हिड्डुल गरेको देख्दा प्रहरीले केवल सम्झनामा मात्र मनमनै चाडपर्ब मनाउछन । घरका सदस्य कुरेर बसेका हुन्छन मेरो छोरा सायद यो चाडमा त आउला भनेर दशै देखि पुणिमा को दिनसम्म कुरेर बसेका हुन्छ्न अन्न्तमा त्यो टीका र जमरालाई फाल्ने बाहेक बिकल्प हुदैन दिदिबहिनीले तिहारमा दाजुभाइलाई तयार पारेको मकमली र सयपत्रीको माला घाटिमा लगाउन नपायर घरको किलामा ओइलाउदै जान्छ । यो कुरा किन आमनागरिकले नबुझ्ने र किन प्रहरीलाई हेर्ने नजिरनै कालो हुने ? जुन तराइको भु–भागमा ४४÷४५ डिग्रीको तापक्रममा खटिदा समेत आफनो अगाडि अन्य ब्याक्तिले चिसो पानी बोतलबाट निकाली पिउदा समेत प्रहरीले थुकले प्यास मेटाउन गरेको यिनी जलन्त उदाहरण छ्न । ताकी प्रहरीले किनेर पानी पिउन नसक्ने होइन डियुटीमा पानी लिन जादा समेत मेरो अनुपस्थित भएमा केही घट्ना हुन सक्छ भन्ने हेतु र उदेश्यका साथ आफनो सतकर्म गरेकै हुन्छ । नबितम प्रबिधि आफनो सेवा पद्धतिलाई अहिङ्कार गरि सदैब आमनागरिकको मुल मर्म भावना अनुरूप प्रयासरत रहने र सदैब जनताको जिउ धन लगायत शान्ति सुरक्षामा अमनचयन कायम गरएको नै हुन्छ । आमनागरिकलाई सधै उच्च सम्मान गर्दै अहिलेकै अबस्थामा भन्नू पर्दा अतिआवास्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गर्दा समेत विभिन्न बाहाना बाजि गरि बाहिर हुलमा निस्कने र प्रहरीले सिस्ट सभ्य भएर सोधपुछ गर्दा औषधी, तरकारी जस्तो चिजलाई किन्न जान्छु भनी फगत कुरा गर्ने प्रहरीले यथार्थ हो वा होइन भनी सुक्ष्मरुपले सोधपुछ गर्दा अन्तमा प्रहरीसंगै उल्टो बिबाद गर्ने र प्रहरीलाई अतिरन्जित कुरा जोडेर बिभिन्न प्रपन्च रची आरोप प्रत्यारोप लगाउने जत्था नै भेटिन्छ । अति आवश्यक सामान किन्नु पर्दा वा समस्या नै पर्दा इमानदार पुर्बक आफ्नो समस्या राख्दा प्रहरी पनि मानव नै त हो । प्रहरीले किन र कसका लागि भन्दैछ्न भनेर हामी किन गम्भीरता पुर्बक सोच्न सक्दैनौं । प्रहरी पनि हाम्रो दाजुभाइ नै हो सहकार्य गर्नु हरेक कुरामा हातेमालो गरि अगाडि बड्नु पर्छ गाउँ शहरमा प्रहरी छ र पो हामी ढुक्कसँग हरेक काम कार्य गर्न पाएका छौ भन्ने कुरा किन पलाउदैन आमनागरिकसंग ? आफनो जिम्मेवार आफनो बफादारि प्रति एक रति पछि नपर्ने नागरिक प्रतीको ओतप्रेत प्रहरीलाई सधै उच्च प्रसंशा गरौ ताकी प्रहरीले आफ्नो गरेको कामको जस पाओस ।
प्रहरीले गरेको प्रसङ्सनिय कार्य पनि दुसप्रचारले गर्दा सकारात्मक भन्दा नकारात्मक भावनाले हेर्न्र दृस्टिकोण नै फरक हुन जान्छ । केही उन्माद र कुटिलचाल भएका ब्याक्तीको प्रहरी प्रती हेर्ने दृस्टिकोणले पनि प्रहरीलाई मनोबल गिराउने कार्य गर्ने गर्दछ्न तर प्रहरीले कहिले पनि आफनो कर्तब्य, उदासिन, र बिरासद भएर कार्य गर्दैन । अन्य रास्ट्रसेवक कर्मचारीसंग तुलना गर्ने हो भने प्रहरी कर्मचारीलाई उच्च मुल्यांकन गर्नु सबैको दायित्व हो । जो कर्मचारी १० बजे कार्यालय जाने र ५ बजे घर फर्किने हरेक सार्वजनिक बिदामा घरपरिवारसंग रमाउने कर्मचारीलाई प्रहरीसंग तुलना गर्नु निकै दुर्भाग्य हो । जो प्रहरी नत शनिबार बिदा मनाउछ नत कुनै सार्बजनिक बिदा, नत कुनै चाडपर्व मनाउछ सबै समय आमनागरिकको लागि अर्पेको हुन्छ । सबैले श्रमको मुल्यांकन गर्न सिकौं जो २४ सै घन्टा घरपरिवारलाई त्यागेर घरदेखि सधै टाढा रहि घरपरिवार देखि बन्जित भएर नागरिकको सुरक्षाको दायित्वलाई प्रमुख ठानेको हुन्छ उहीँ ब्याक्तीलाई हेर्ने नजिर नै गलत किन ? प्रहरीले गरेको राम्रो कार्य प्रतिको उच्च मुल्यांकन गरौं आपत्ति बिपत्तिमा हरेक सुखदुःखमा प्रहरी नै सारथी हो भन्ने कुरालाइ नभुलौ सधै सकारात्मक सम्झीउ कुनै राम्रो भिजन छ भने प्रहरीलाई सल्लाह दिइ प्रहरीलाई उत्प्रेरित गरौ त्यही नै भलाइ हो ।
