(Wednesday 28th of October 2026)
`

दिल्लीबाट हिँडेरै घर फर्कन लागेका १ जनाको बाटैमा मृत्यु

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    एजेन्सी, १६ चैत । एक ३९ वर्षीय हाेटल मजदूर रणवीर सिंह दिल्लीबाट हिँडेरै मध्य प्रदेश घर फर्केका थिए । लकडाउनका कारण बस, रेल ठप्प भएपछि उनी मध्य प्रदेशको मुरैना घर जान भनी पैदल यात्रा गर्न तयार भएका थिए । तर उनी घर पुग्नुभन्दा अघि नै बाटैमा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । टाइम्स अफ इण्डियाका अनुसार दिल्लीको एक निजी रेस्टुरेन्टमा होम डेलिभरी गर्ने काम गर्दै आएका रणवीरको बाटैमा मृत्यु भएको हो । उनी दिल्लीबाट २०० किलोमिटर यात्रा गरेपछि आगरामा पुग्दा मृत्यु भयो । तीन बच्चाहरूको बाबु रहेका रणवीर दिल्लीबाट पैदल यात्रामा मध्य प्रदेश जाँदै थिए । प्रहरीका अनुसार रणवीर राष्ट्रिय राजमार्ग-२ को कैलाश मोडमा हिडिरहँदा बेहोस भएका थिए । सिकन्द्रा प्रहरी चौकीका हाउस अफिसर अरविन्द कुमारका अनुसार ‘स्थानीय एक पसले संजय गुप्ताले रणवीरलाई अचेत अवस्थामा सडकमा देखेका थिए । अरविन्द कुमारले भने, ‘स्थानीय पसलेले रणवीरलाई दरीमा सुताए र उनका लागि चिया(बिस्कुट ल्याए । तर रणवीरले छातीमा दुखेको गुनासो गरे । उनले सालो नाता पर्नेलाई फोन गरे । तर साँझपख ६ बजे उनको मृत्यु भयो र पसेले प्रहरीमा खबर गरे ।’

    प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण हार्ट अट्याक देखिएको छ । यद्यपि उनको २०० किलोमिटर लामो यात्रालाई ध्यानमा राख्दै प्रहरीले थकानलाई मृत्युको कारणको रूपमा पनि हेरिरहेको छ ।

    मजदूरकाे समस्या विकराल

    भारतमा २१ दिने राष्ट्रव्यापी लकडाउनका कारण ठूलो संख्यामा एक राज्यबाट अर्को राज्यमा गएका मजदूर, कामदारहरू मर्कामा परेका छन् । उनीहरु सवारी साधन नपाएपछि हिँडेरै घर फर्किरहेका छन् ।

    जहाँ छौ त्यही बस भनेर सरकारले बन्द गराए पनि दैनिक ज्यालादारी मजदूरहरुलाई समस्या भएको छ । खर्च सकिएर खाना नपाइने डर घर र घर जान सवारी साधन नभएपछि उनीहरु हिँडेर जान तम्सिएका हुन् ।

    दिल्ली बसपार्कमा भीड

    समस्या विकराल बन्दै गएपछि विभिन्न राज्यहरूले ती नागरिकलाई घरसम्म पुर्‍याउन बस सेवा सुरू गरेका छन् । बालबच्चालाई काँधमा बोकेर घर फर्किंदै गरेका र बाटैमा मृत्यु समेत भएका समाचार बाहिरिएपछि उत्तरप्रदेश र दिल्ली सरकारले उनीहरूलाई घर फर्किन बसको व्यवस्था गरेको जनाइएको छ । उत्तर प्रदेश सरकारले आफ्ना राज्यका वासिन्दा ल्याउन एक हजार बस दिल्ली पठाएको छ । यससँगै दिल्ली बसपार्कमा घर फर्किने मजदूरहरुको भीड लागेको छ । राज्य सरकारहरूले बस पठाउन थालेपछि शनिबार साँझदेखि आनन्द विहार बसपार्कमा हजारौं मानिसहरू जम्मा भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology