(Wednesday 28th of October 2026)
`

आर्थिक अभावका कारण १० बर्षे बालक समिरको उपचारमा समास्या, सहयोगको अपिल

  • सगरमाथा गन्तब्य
  • 21.9K
    SHARES

    नेपालगन्ज १० साउन, आर्थिक अभावका कारण १० बर्षे बालक समिर बिकको उपचारमा समस्या भएको छ । कोहलपुर नगरपालिका वडा नं ११ कालिकानगरका १० बर्षे बालक समिर विकलाई उपचारमा आर्थिक समस्या भएको भन्दै परिबारजनले सहयोग गरिदिन अपिल गरेका छन । ‘छोरा समिर अचानक बेहोस भई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा मेडिकल कलेजले उपचार गर्न नसकी तत्काल काठमाडौं रिफर गर्यो डाक्टरको भनाइ अनुसार उनलाई पक्षघात भएको छ समीरका बुवा दिपक विकले भने भएभरको पैसा छोराको उपचारमा सकियो अब के गर्ने होला रु

    उनले थप उपचार गर्न हस्पिटलले पैसा जम्मा गर्न भनेपछि उपचार गर्ने पैसा नभएको बताए । थप उपचारको लागि सबैसँग उनले सहयोगका लागि अपिल गरेका छन् । आफुसंग भएको रकम उपचारमा खर्चिएर सकेपछि थप उपचार गर्न समस्या भएको समीरका विकले जानकारी दिए । ‘अहिले सम्म १३ लाख खर्च भईसकेको छ । अव कति लाग्ने हो केहि पत्तो छैन । डाक्टरले अझै रोग के हो भनेर छुट्याउन सकेको अवस्था छैन’–उनले भने ।

    समिरका बुवा दिपक सानो पसल चलाउछन् । छोरालाई सहयोग गर्नका लागि दिपकले मोइवाल नम्बर९९८४९८९७८७०, ९८२५५२५८३५, ९८४८१३३९९६० दिँदै सहयोगको अपिल गरेका छन् । अहिले काठमाडौको ग्राण्डी अस्पतालमा छोराको उपचार भैरहेको बताउदै उनले सहयोगि मन भएकाहरुले सहयोग रकम खातामा हाल्न चाहेमा मेघा बैङकमा रहेको श्रीमती यमकुमारी विकको खाता नं। ०७३००५०००९९९८ मा हाल्न सकिने जानकारी दिए । उनले मान्छे भेटेर सहयो गर्न चाहानेले चन्द्रकता उप्रेतीलाई ९८६८१०५०५० मा संम्पर्क गरेर भेट्न सकिने जानकारी दिए । दिपक द्वन्द पिडित समेत हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology