(Wednesday 28th of October 2026)
`

काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार नाघ्याे, ३९ लाखबढी संक्रमित

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    काठमाडाैं, २६ वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ७० हजार ६८३ पुगेकाे छ । विश्वभर अहिलेसम्म ३९ लाख १५ हजार ६३५ काेराेना संक्रमित भएका छन् । सङ्क्रमितमध्ये १३ लाख ४१ हजार भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै पाँच गुणा बढी हाे ।

    पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ५ हजार ५५८ जनाले ज्यान गुमाएका छन् भने ९६ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ६५ हजार ४२ थियाे भने संक्रमितकाे संख्या ३८ लाख २१ थियाे । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ७६ हजार ९२८ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १२ लाख ९२ हजार नाघेकाे छ । संक्रमितमध्ये २ लाख १७ हजार२५० पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९ लाख ९८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये झण्डै १७ हजारकाे अवस्था गम्भीर रहेको छ ।

    अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २९ हजार ९५८ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख १५ हजार ८५८ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ हजार २७६ पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ८९ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने १३ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ । कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । स्पेनमा इटालीमा भन्दा पनि बढी संक्रमित छन् । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ५६ हजार ८५५ पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ७० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ६३ हजार ९१९ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६६ हजार ८६६ जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये २ हजारकाे अवस्था भने गम्भीर रहेको छ ।

    बेलायतकाे अवस्था पनि उस्तै छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३० हजार ६१५ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख ६ हजार पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ७५ हजार ७५६ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ । पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ १० हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा एक लाख ७७ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने १ हजार ६२५ पुगेकाे छ । संक्रमितमध्ये २३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ५१ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तिमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ । कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७४ हजार ७९१ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २५ हजार ९८७ पुगेको छ । संक्रिमतमध्ये ५५ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९३ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ९६१ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

    जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६९ हजार नाघेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ३९२ पुगेको छ । अहिले जर्मनीमा २२ हजार १३८ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ३९ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

    ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ३५ हजार ६९३ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ९ हजार १८८ पुगेकाे छ । संक्रमितमध्ये ५५ हजार ३५० पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

    टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख ३३ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ६४१ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ८२ हजार ९८४ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ४७ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १२ सयकाे अवस्था गम्भीर रहेकाे छ । इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ४८६ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८२ हजार ७४४ निकाे भएका छन् । कोरोनाको उद्गम स्थल चीन भने अहिले २९५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ९५७ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८८५ जनामा कोरोनाको संक्रमण देखिएको छ । कोरोनाभाइरस महामारीबाट अति प्रभावित युरोपेली देश स्पेन र इटालीमा पछिल्लो समय कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या निरन्तर घट्दै गएको छ । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology