(Saturday 25th of July 2026)
`

विद्यार्थीको घर नै पहिलो पाठशाला हो !

  • सगरमाथा गन्तब्य
  • 10.8K
    SHARES

    गोकुल प्रसाद अधिकारी – नेपालगन्ज : बालबालिकाले बिद्यालयमा भन्दा धेरै समय घरमै बिताउने गर्दछन् । सामान्यतया बालबालिकाले विद्यालयमा बिताउने समय भनेको ७ घण्टा हो । अझ साना साना बालबालिकाहरुले त ४ देखि ५ घण्टा मात्र व्यतित गर्दछन् । बाँकी समय भनेको घरआँगनमै बिताउँने भएको हुनाले बालबालिकालाई भबिष्य जस्तो बनाउने हो त्यो वातावरण घरभित्र नै निर्माण गर्नु जरुरी छ । गाउँ र परिवेशले बालबालिकाको आचरणमा प्रत्यक्ष परिवर्तन ल्याउँछ । सामान्यतया एउटै रीतिथिति मान्ने समुदायमा हुर्किएका बालबालिकाले सहजै त्यो समुदायको भाषा र आचरण ग्रहण गरेको हुन्छ । हरेक समुदायमा निःशुल्क रुपमा उपलब्ध हुन सक्ने पुस्तकालयको निर्माण गर्न जरुरी छ । आफ्नो संस्कृतिका सकारात्मक पक्षलाई आत्मसाथ गरेर समाजमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना भई राख्नुपर्दछ । जसको कारणले बालबालिकाले आफू र आफ्नो संस्कृतिमा गर्व गर्न सक्ने परिस्थिति सिर्जना हुन्छ ।
    अभिभावकले आफ्ना बालबच्चालाई सफल भएको देख्न चाहनु राम्रो पक्ष हो यद्यपी सफलता प्राप्त गर्नका लागि आफूलाई चिन्नु जरुरी छ । आजको दिनमा पनि हामीले अरुको उदाहरण दिएर त्यो जस्तो बन भनेर भन्ने गर्दछौँ ।

    आखिर ऊ जस्तो किन बन्ने ? ऊ कस्तो छ ? ऊ त्यो तहमा पुग्न के के मेहनत गर्यो ? कति संर्घष ग¥यो ? बालबालिकाको प्रश्न मनमै उब्जन्छ अनि मनमै मर्छ । जसको परिणाम स्वरुप अभिभावकले चाहेको सफलतामा बालबालिका पुग्न सक्दैनन् । त्यसैले अभिभावकले आ–आफ्नै स्थानमा रहेर आफूले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आवश्यक छ । बच्चाको भविष्य निमार्ण गर्न अभिभावक र बच्चाका सपना एउटै हुनुपर्छ । युनिक बन्न अवश्य पनि समय लाग्छ । समय हजुरबा आमाको हातबाट फुत्किएर न्युक्लियर फेमिलीतिर प्रवेश हुदै छ । अब अभिभावकले बच्चालाई समय दिनैपर्छ । आफ्नो बच्चा साथी बन्नै पर्छ । सन्तान सम्पत्तिले बन्दैनन् । सन्तान संस्कारले बन्छन् । आजका सन्तानले बा आमासंग समय र संस्कार मागेका छन् । आफ्नो जिम्मेवारीलाई महशुस गरौँ र बालबालिकालाई राम्रो शिक्षा दिउ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology