नेपालगन्ज : सगरमाथा ई. बो. सेकेण्डरी स्कुलले शनिवार नेपालगन्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले विद्यार्थीहरुलाई लक्षित गरि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथी तथा राष्ट्रिय परिक्षा बोर्ड कोहलपुर शाखाका शाखा अधिकृत गोपाल केसीले विद्यार्थीहरुलाई आफ्नो उद्देश्य पुरा गर्न जिम्मेवारीपुर्वक अध्यायनलाई अगाडि बढाउने र अभिभावकहरुको सपना पूरा गर्ने अठोट लिनुपर्ने बताउनुभयो । शिक्षाले नै भबिष्यलाई अझ उज्जवल बनाउने भएकोले शिक्षालाई पहिलो प्रथामिकता दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
बिद्यालयका एमडी कोशल राज पाण्डेयले कलेजमा पढाइको वातावरण स्वच्छ र शान्तिपुर्ण रहेको भन्दै विद्यार्थीहरुको चाहना अनुसार समय सुहाउदो सिकाइ प्रणालीलाई अवलम्बन गर्ने बताउनुभयो । विद्यार्थीहरुको पढाइका साथसाथै अन्य अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने बताउदै बिद्यालयमा पढ्न आएका विद्यार्थीहरुको प्रतिभा र क्षमता अनुसार असल व्यक्तित्व बनाउने उद्देश्य रहेको समेत एमडी पाण्डेयले बताउनुभयो । अभिमुखिकरण कार्यक्रमको अध्यक्षता स्कूलका संस्थापक फाउण्डर कृष्ण बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा स्कूलका प्रबन्ध निर्देशक कोशलराज पाण्डेय, सिईओ रोशनी जिसी, प्रध्यानाध्यापक सिता खड्का, बोथ एजुकेशनल कन्सल्टेन्सीका संचालक प्रसन्न विष्टको उपस्थिति रहेको थियो । सगरमाथा स्कूलमा अध्ययनरत विद्यार्थीहरुले अभिमुखिकरण कार्यक्रममा नृत्य, गायन, लगायतका विभिन्न प्रस्तुति प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए भने कार्यक्रम संचालन स्कुलका प्रवक्ता साहिल अन्सारीले गर्नुभएको थियो ।





