(Saturday 25th of July 2026)
`

जानकी गाउँपालिका ६ मा वडास्तरिय बाल अधिकार समितिको बैठकमा महत्वपूर्ण निर्णय

  • सगरमाथा गन्तब्य
  • 1K
    SHARES

    नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ मा वडा स्तरीय बाल अधिकार समितिको नियमित बैठक सम्पन्न भएको छ । वडा स्तरीय बाल अधिकार समितिको आयोजना तथा सामाजिक विकास मञ्च (एसडिएफ) बाँके र वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्पन्न बैठकले बालअधिकार संरक्षण र बालमैत्री स्थानीय शासन प्रवद्र्धनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।
    बैठकले  बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीस्वरूप आवश्यक सूचक पूरा गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । त्यसका लागि पहिलो चरणमा बालबालिकाको वास्तविक अवस्था समेट्ने र आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्थापन गर्न पहल गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।


    साथै, समितिको नियमित बैठक तिन तिन महिनामा बस्ने निर्णय गरिएको छ । बालअधिकार संरक्षण र बालमैत्री वातावरण निर्माणमा स्थानीय सरकार, सरोकारवाला संस्था तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानुपर्नेमा बैठकले जोड दिएको छ । जानकी गाउँपालिकाका वडा नं. ६ का वडाअध्यक्ष जगदिश प्रसाद हरिजनको अध्यक्षतामा सम्पन्न भएको बैठकमा सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, बालक्लबका पदाधिकारी तथा पत्रकार लगायतको सहभागिता रहेको थियो । यस्तै बिहीवार नै जानकी गाउँपालिका वडा नं. ५ मा पनि वडा स्तरिय बाल अधिकार समितिको नियमित बैठक सम्पन्न भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology