(Friday 11th of September 2026)
`

विश्व वातावरण दिवसमा सरसफाई र बृक्षारोपण

  • सगरमाथा गन्तब्य
  • 3K
    SHARES

    नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकाका पाँच वटा बिद्यालयहरुले आज विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाएका छन् ।
    बैजनाथ गाउँपालिकाको सहयोगमा बास नेपालद्धारा सञ्चालीत जलवायु परिवर्तन सम्बन्धि बिद्यालय स्तरमा सचेतना कार्यक्रम सञ्चालीत बिद्यालयहरुले सरसफाई, बृक्षारोपण लगायतका कार्यक्रम गरि वातावरण दिवस मनाएका हुन् ।
    दिवसको अवसरमा बैजनाथको श्री सूर्योदय माबिमा बिद्यालय सरसफाई कार्यक्रम गरिएको छ । यसैगरी श्री नेपाल राष्ट्रिय माबि पेडारीमा सरसफाईसँगै बृक्षारोपण, श्री नेरा माबि गुरुवागाउँमा सरसफाई, श्री सिंह भवानी आधारभुत बिद्यालय बनकटवामा सरसफाई तथा बगैंचा गोलमेल गरिएको छ भने श्री सुन्दर आधारभुत बिद्यालयमा बगैचा गोडमेल तथा सरसफाई कार्यक्रम गरी वातावरण दिवस मनाईएको छ ।
    बिद्यार्थीहरुलाई जालवायु सचेतना कक्षा सञ्चालन गर्ने, जलवायु परिवर्तनको सन्देस बिद्यार्थी मार्फत अभिभावन र समुदायमा फैलाउने, शुन्य फोहोर स्कुल कार्यक्रम अन्तरगत काम गर्ने, लैंगिक तथा जलवायुका बिषयमा सहपाटी, अभिभावक र समुदायका ब्यक्तिहरुलाई उत्प्रेरित गर्ने र बिद्यार्थीसँग गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरि बिद्यालयलाई वातावरण मैत्री बनाउने उद्धेश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो ।


    छोटो समयमा बिद्यार्थीहरुले वातावरण संरक्षण र जलवायु परिवर्तनका बिषयमा जानकारी भइ बिद्यालय र घरमा समेत सिकेको शिपलाई ब्यवहारमा उतार्न थालेको भन्दै शिक्षकहरुले खुसी ब्यक्त गरेका छन् । कार्यक्रम सञ्चालन भएपछि बिद्यालय भित्र सरसफाई र बृक्षारोपण गर्ने कार्य बढेको श्री नेरा माबि पेडारीका प्रधानाध्यापक दामोदर उपाध्यायले बताए । हरेक ब्यक्तिहरुमा वातावरण सचेतना आवश्यक रहेको बताउदै बिद्यालय केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने श्री सूर्योदय माबिका प्रधानाध्यापक दिपक बहादुर शाहीले बताए ।
    दिवसको अवसरमा सञ्चालीत अभियानमा श्री सूर्योदय माबिका प्रधानाध्यापक दिपक बहादुर शाही, श्री नेरा माबि पेडारीका प्रधानाध्यापक दामोदर उपाध्याय, श्री सिंह भवानी आबिका प्रधानाध्यापक कमला थापा, श्री सुन्दर आबिका प्रधानाध्यापक शान्ति खड्का, श्री नेरा माबि गुरुवागाउँका प्रधानाध्यापक रमेश घिमिरे, शिक्षक र बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
    वातावरण दिवसको अवसरमा आज सम्पन्न अभियानको सहजिकरण बास नेपालका केन्द्रीय महासचिब कल्पना अधिकारी, कर्मचारीहरु शोभा भण्डारी, ज्योती बुढा र रचना चौधरीले गरेका थिए । बैजनाथ गाउँपालिका र बैजनाथ गाउँपालिका वडा नम्बर ५, १ र ७ को सहकार्यमा बासले जलवायु सचेतना कार्यक्रम बैजनाथ गाउँपालिकाका ५ ओटा बिद्यालयमा सञ्चालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology