(Wednesday 28th of October 2026)
`

बन्दाबन्दीका कारण सुत्केरी र गर्भवतिमा परेको असर विषयक अन्र्तक्रिया

  • सगरमाथा गन्तब्य
  • 13.4K
    SHARES

    नेपालगन्ज ०१ असार – गर्भवति जाँच र सुत्केरी गराउने काम आज डाक्टर छैनन् , यातायात पाइएन भोली भनि रोक्न नहुने कुरा आज आयोजना गरीएको भर्चअल अन्र्तक्रियामा जोड दिइएको महिला मानबअधिकार रक्षक संजाल बाँकेका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनुभयो । महिला मानबअधिकार रक्षकको राष्ट्रिय संजालद्धारा आयोजना गरीएको बन्दाबन्दीका कारण सुत्केरी र गर्भवतिमा परेको असर विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै सांसद विन्दा पाण्डेले सुत्केरी र गर्भवति जाच तुरुन्तै समयमै गर्न नसक्दा ज्यान जान सक्ने बताउदै क्वारेन्टीनमा सुत्केरी महिलाको स्याहार सुरक्षा नहुने हो भने सुरक्षा अपनाएर घरैमा राख्न पनि सुझाव दिनुभयो ।
    कार्यक्रममा बन्दाबन्दीको समयमा सुत्केरी र गर्भवति महिलाहरुले बढि समस्या खेपेको कुरा उनीहरु कै आवाजमा सुनाइएको थियो । जसमा खाने कुरा नपाएर सुत्केरी र गर्भवतिहरु कहिले भोकै त कहिले नुन र भात खाएर बस्नु परेको, अस्पताल र स्वास्थ्य चौकीमा जचाउन जाँदा लकडाउन खुलेपछि आउनु भनेको, डाक्टरले भिडियो एक्सरे गर्न भनेतापनि पैसा नभएर भिडियो एक्सरे नगरीकन फर्केको कारण बच्चाको ज्यान गएको, अस्पताल र हेल्थपोष्टमा जचाउन जाँदा ज्वरो आएको छ भने टाढाबाटै सिटामोल दिएर फर्काएको, क्वारेन्टाइनमा बस्दा सुत्केरी र गर्भवतिलाइ मनोसामाजिक समस्या भएको, अनिच्छीत गर्भधारण बारे सुरक्षित संस्थाको सेवा नपाएको, सरकारी अस्पतालका डाक्टर विदामा रहेका कारण सरकारी अस्पतालमा सेवा नपाएको प्राइवेट अस्पतालमा जान पैसा नभएको गइहाले पनि महड्गो भएकाले आर्थिक संकट परेको,लकडाउनले रगतको कमि हुँदा नपाएको, ग्रामिण क्षेत्रबाट बजार अस्पतालमा आउने यातायातको साधन नपाएका कारण गर्भवतिले आइरन चक्की खान नपाएको,घरैमा सुत्केरी हुनुपरेको, एम्वुलेन्सलाइ बोलाउदा पनि नआउने गरेको ,सुत्केरी भइसकेपछि पनि ज्याला मजदुरी गर्ने श्रीमान घरैमा बस्नु परेका कारण आर्थिक अभावमा आमा र बच्चाले खान नपाएको ८, १० जनाको ठूलो घरैमा रहेका कारण सुत्केरी र गर्भवतिलाइ ३,४ पटक खाना पकाउने र खुवाउने गर्दा बढि धपडि भएको जस्ता समस्या सहभागी सुत्केरी र गर्भवति महिलाले बताएका थिए ।
    कार्यक्रममा सांसद विद्या भट्टराइले ३ वटा तहमा समन्वयको कमिका कारण गर्भवति र सुत्केरी महिलाको हेरविचार हुन नसकेका कारण समन्वयको खाचो रहेको बताउनुभयो । केन्द्रिय गुणस्तर मापन विभाग प्रमुख डा.विकास देवकोटाले सुत्केरी र गर्भवति महिलालाइ कुनै पनि समस्या परेमा उपत्यकामा १०२ र उपत्यका बाहिर १०० नम्वरमा फोन गर्न सुझाव दिनुभयो, यसैगरी डा.देवकोटाले घरपरिवार र समुदायको सहयोगको खाचो रहेको बताउदै सुत्केरी र ११३३ मा फोन गरी स्वास्थ्य सेवा लिन पनि सुझाव दिनुभयो ।
    महिला मानबअधिकार रक्षक संजालका राष्टिय अध्यक्ष रेणु अधिकारीले समुदाय तहदेखि स्वास्थ्य सेवा बलियो बनाउन जरुरी रहेको,भन्दै कोरोना भइरसका कारण स्वास्थ्य क्षेत्रलाइ बलियो बनाउन. मौका पनि भएको बताउनुभयो । कार्यक्रममा विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखीएका ५०भन्दा बढि सुत्केरी र गर्भवति महिलाको सहभागीता रहेको थियो । यसैगरी राष्टपतिका सल्लाहकार लक्ष्मी कार्कीले यहा उठेका सवाल सम्माननीय राष्टपतिज्यु लाइ जानकारी गराउने प्रतिवद्धता जनाउनु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology