(Wednesday 28th of October 2026)
`

पत्रकार प्रेम बानियाँसहित उत्रिए नेपालीहरु पनि अमेरिकाको प्रदर्शनमा

  • सगरमाथा गन्तब्य
  • 13.9K
    SHARES

    एजेन्सी, अमेरिकाको विभिन्न शहरहरुमा गोरा पुलिसले काला व्यक्ति जर्ज फ्लोयडलाई घुँडाले थिचेर ज्यान लिएको भन्दै प्रदर्शन भइरहेको छ । ज्यान गुमाएका फ्लोयडलाई न्याय दिलाउनका लागि अमेरिकाको विभिन्न स्थानहरुमा काला मात्र नभइ गोरा, र अन्य जातिकाहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

    ‘मेरो जीवनको महत्व छ, हामीलाई तपाई जस्तो माया गर, हामी सबै हौं र कालो जीवन महत्वपूर्ण छ’ लगायत लेखेको प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिरहेका छन् । उनीहरुले मार्केट स्ट्रीट, क्लार्कस्टन, जर्जियामा उक्त प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा हाल अमेरिकामा रहेका पत्रकार प्रेम बानिया,संगम बानियाँ र विकास क्षेत्री पनि सहभागी भएका थिए ।

    प्रदर्शनमा विकास क्षेत्रीले सबैले बराबरी अधिकार पाउनपर्ने र पुलिसबाट कोही पनि दबिनु नपरोस भनेर प्रदर्शनमा साथ दिएका बताएका छन् । उनले पुलिसको व्यवहार परिवर्तन गर्नका लागि आफू पनि सहभागी भएको पनि बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology