कैलाली । करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना इँट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरी प्रवक्ता दक्ष बस्नेतले जानकारी दिनुभयो । शनिबार राति करिब ११ बजे ज्यान गएको प्रहरीले जनाएको छ । अर्का मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।
संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पीडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिनुभयो ।
