नेपालगन्ज, २९ बैशाख – कोरोना भाइरसको संक्रमण भित्रीन र फैलिन नदिन सरकारले अनेकन प्रयास गरेपनि भारतबाट नेपाल आउने क्रम नरोकीएपछि सन्त्रास बढेको छ ।
नेपाल र भारत सरकारले डेढ महिना अघि देखि नै लकडाउन गरेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम नरोकीएपछि अधिकांसलाई उद्धार गरेर क्वारेन्टाइनमा राखीएको थियो । तर पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण देखीएपछि सीमावर्ती क्षेत्रबाट प्रवेश गर्न दिइएको छैन तथापी जवरजस्ती नेपाल आउन खोज्नेहरुको संख्या भने सीमामा बढ्दो छ ।
भारत र नेपाल सरकारको भद्र सहमतीअनुसार ‘जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्ने’ भनीएपनि भारतका विभिन्न स्थानबाट सयौं कीमी हिडेर नेपालीहरु सीमामा पुगेर अलपत्र भएका छन् । स्थानीय प्रशासनले सीमाबाट कसैलाई पनि नेपाल प्रवेश गराउन नसकीने जनाएपछि क्वारेन्टाइनमा अवधी पुरा गरेकाहरु पनि अलपत्र अवस्थामा छन् । बुटवदेखि महाकालीसम्मको सीमाका विभिन्न स्थानमा चार हजार नेपालीहरु वेजोग अवस्थामा रहेको पाइएको छ । बाँके सीमाको श्रावस्ती र बहराइचको बाबागञ्ज, नानपारामा गरि एक सय बढी क्वारेन्टाईनमा रहेका छन् ।
सीमामा आइपुगेकाहरु मध्ये अधिकांस सडक, दशगजामै अलपत्र छन् भने कतीपय वगंैचा र विद्यालयमा वसीरहेका छन् । क्वारेन्टाइनमा बसीसकेकालाई भारतले नेपाल पठाउन खोजीरहेको छ तर नेपाली पक्षले अझैं भित्रयाउने शुरुसार नगरेपछि उनीहरु थप पीडित मात्र हैन, आक्रोशित पनि देखीएका छन् ।

भारतबाट आएकाहरुबाटै नेपालमा कोरोना संक्रमण देखीएपछि अब उनीहरुलाई परिक्षण गर्ने गरि मात्र नेपाल ल्याइनुपर्ने माग उठेको छ । अलपत्र नेपालीहरु भन्छन् – सरकारले भनेको हामी मान्छौं तर विचल्ली नपारियोस् ।
भोक प्यास र बढ्दो गर्मीले अलपत्र नेपालीलाई स्थानीय सरकारले नेपालका क्वारेन्टाइन सम्म ल्याउन स्वीकृत मागेपनि उनीहरुलार्ई ल्याउन दिइएको छैन । लुकीछुपी नेपाल आउने सम्भावना कायमै रहेकाले सो विषयमा सरकारले बेलैमा उचित कदम चाल्नु पर्ने बाँके नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद शाहको सुझाव छ । सीमामा अलपत्र परेकाहरुको उद्धार र व्यवस्थापनका लागि सहजीकरण गर्दै आएको सम्वाद समूहले पछिल्लो चरण कोरोना परिक्षण गरिएका र अवधी पुरा गरेकाहरुलाई नेपाल प्रवेश गराउने बातावरण सिर्जना गरिदिन सम्वद्ध पक्षलाई ध्यानाकषर्ण गराउँदै आएको छ ।
