नेपालगन्ज २५ जेठ : बाँकेको जमुनाहा भन्सार नाका एक बर्ष अगाडीदेखि बन्द छ । मुख्य नाका हुदै आवतजावत र सरसामान किनमेलका लागि रोक लगाईएको छ । तर सोही नाकाको सय मिटर उत्तर पुर्व नाका भने खुल्लम खुल्ला छ । सशस्त्र प्रहरी कै अगाडीबाट खुल्लम खुल्ला तस्कर र आवतजावत हुने गरेको प्रत्यक्ष देख्न सकिन्छ एक स्थानियले भन्नुभयो । पत्रकार आएको खवर पाएपछि सशस्त्र प्रहरीले कडाई गर्ने र अरु बेला भने खुल्लम खुल्ला आवतजावत गर्न दिने स्थानिय नागरिकको भनाई छ । प्रमुख जिल्ला अधिकार या सशस्त्र प्रहरकिा एसपीको निर्देशन आएपछि केही दिन कडाई गर्ने र २÷३ दिनपछि पुन सोही गतिमा तस्कर र आवतजावत हुने गरेको स्थानियको भनाई छ । सशस्त्र प्रहरीको कमाई भने अथाह रहेको स्थानियको आरोप छ । हरेक नागरिकलाई आवतजावत बापत रकम असुल्ने गरेको स्थानियको भनाई छ ।

नेपाल–भारत सीमा नाका जमुनाहा भन्सार नाका थप्प छ । भारतमा अत्यावश्यक काम बाहेक आवतजावतमा रोक लगाइए पनि सहायक बाटो भने खुल्ला रहेको छ । लामो समयदेखि बन्द रहेको रुपैडिहा बजार नाका र नेपालगन्ज जमुनाहा भन्सार नाका बन्द भएपछि तस्कर र दलालहरुले अर्को विकल्प खोजेका छन् । जमुनाहा भन्सारदेखि एक सय मिटर उत्तर पूर्व दशगजा नाका खुल्ला छ । हरेक सय–सय मिटरमा सशस्त्र प्रहरीको गस्ती छ, तर पनि भारतको रुपैडिहा बजार र नेपालगन्ज जमुनाहा दशगजा नाकाबाट भने आवतजावत गर्न सहजै सकिन्छ । दैनिक हजारौंको संख्यामा नेपाल भित्रिने र बाहिरिने गरिन्छ ।
मुख्य नाकाबाट विकल्प नभएपछि तस्कर र दलालहरुले यस विकल्पलाई रोजेका हुन् । सोही उपायको फाइदा सशस्त्र प्रहरीलाई पनि भएको छ । सीमामा खटिएका प्रहरीले खुल्ला नाकाबाट हजारौंको संख्यामा दैनिक नेपाल भित्रिनेहरुबाट केही रकम लिएर छाड्ने गरेका छन् ।
केही पैसा हातमा थमाइयो भने मज्जाले नेपाल आउन र भारत जान सकिने उनीहरुको भनाइ छ । थेग्नै नसकिने तरिकाले नेपाल आवतजावत गर्न थालेपछि सशस्त्र प्रहरीलाई हम्मेहम्मे हुन्छ । दुई जना सशस्त्र प्रहरी ड्यूटीमा हुन्छन्, १५÷२० जनासँगै आउने हुललाई दुई जनाले सोधपुछ गर्दै नेपाल प्रवेश गराउँछन् ।

जमुनाहा नाकाको पूर्व उत्तरतिर लकडाउनसँगै तस्करी झन–झन बढेको देखिन्छ । सीमा क्षेत्रमा विशेष गरी सशस्त्र प्रहरीको निगरानी रहेको हुन्छ तर, उनीहरु कै मिलेमतोमा लाखौंको सामाग्रीको तस्करी हुन्छ । कोरोना माहामरीसँगै लकडाउनको अवस्थामा विभिन्न खालका कपडा, सू्र्तीजन्य पद्धार्थ, पेय पद्धार्थ, खाद्यान्न सामग्रीहरु भारतबाट तस्करी हुने क्रम झन बढेको देखिन्छ ।
मुख्य नाकाबाट मोटरसाइकल आवतजावतमा पनि रोक लगाइएको छ तर, सहायक बाटो हुदै गयो भने सशस्त्र प्रहरी कै अगाडिबाट गुडाउदै भारतीय नंम्बार प्लेटको गाडी भारत लैजान सकिन्छ, एक जना स्थानीयले भन्नुभयो । जमुनाहा नाकामा लकडाउनको फाइदा उठाउदै सहायक बाटोमा सशस्त्र प्रहरीको ड्यूटी रहँदासमेत उक्त क्षेत्रमा कडाइ हुन सकेको छैन । निगरानी गर्दा बिशेष गरी कपडा र खाद्यान्नको तस्करी हुने गरेको भेटिएको छ ।

सहायक बाटोमा हुँदै दैनिक लाखौंको सामग्री तस्करी भइरहँदा ईलाका प्रहरी कार्यालय जमुनाहा र सशस्त्र प्रहरी रमिते भएर बसेका हुन्छन् । यसरी खुलेआम तस्करी हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक बनेको देखिन्छ ।
मानिसको आवतजावतसँगै तस्कर गर्ने गिरोह सक्रिय रहेको देखिन्छ । बाँकेमा नामको मात्र लकडाउन छ । सानालाई ऐन र ठूलालाई चैन भने जस्तै भएको छ, बाँकेको लकडाउन । भारतको रुपैडिहा बजार नेपाली नागरिकले धानेका हुन्छन् । नेपाली नागरिक रुपैडिहा गएनन् भने त्यहाँको व्यपार सुक्ने गर्छ । भारतबाट दैनिक हजारौंको सामग्री नेपाल ल्याएर बेच्ने गिरोह पनि सक्रिय रहेका छन् ।


