(Wednesday 28th of October 2026)
`

भारतको क्वारेन्टाईनमा ४० दिन विताएका नेपाली भन्छन् नेपालकै क्वारेन्टाईनमा बस्न तयार छौं तर यहाँबाट उद्दार गरियोस् (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 13.6K
    SHARES

    नेपालगन्ज २८ बैशाख- भारतका विभिन्न शहरमा मजदुरी गरि नेपाल फर्कने नेपाली भारतमै अलपत्र परेका छन् । भारतको नानपारामा करिव १५० बढि नेपाली भारतकै क्वारेन्टाईनमा बसेर गुनासो गर्दैछन कि नेपाल सरकारले वास्ता गरेन भनेर । एकै कोठामा थुनिएर राखेको छ न बस्ने बास राम्रो छ न खाना खाने सुविधा नै राम्रो छ । कोचिएर राखेको छ । संगै आएका अरु प्रदेशका मुख्यमन्त्रिको पहलमा नेपाल फर्किए पनि प्रदेश नं. ५ का नेपाली नागरिक अहिले पनि भारतको नानपारामा ४० दिनदेखि क्वारेन्टाईनमै बसेको नेपालीहरु बताउछन् । नेपालगन्ज नाका भएर नेपाल आउन लागेका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट लगेर भारतको बराइच जिल्लास्थित नानपारा क्वारेन्टाइनमा राखेपछि नेपाली नागरिकहरुको दैनिकी कष्कर बन्दै गएको नेपाली चित्र बहादुर तामाङले बताउनुभयो ।
    शुक्रवार पनि नेपाल भारत सिमानाका रुपैडिहा आएका १५ जना नेपालीलाई नानपाराकै क्वारेन्टाईनमा पठाएको नेपाल स्थित एक सुरक्षा अधिकारीले जानकारी गराउनुभयो । नेपाली श्रमिकले संकटपूर्ण जीवन जिउन परेको भन्दै स्वदेश फर्किने व्यवस्था मिलाइदिन नेपाल उनिहरुले मुख्यमन्त्री र सम्बन्धित जिल्लाका सिडिओलाई आग्रह गरेका छन् । बारम्बार खवर गर्दा पनि वास्ता नगरेको हुनले उनिहरु भारतबाटै सरकारलाई वास्ता नगरेको आरोप लगाएका छन् । उनीहरु १ सय ३२ जना चार वटा कोठामा खाँदिएर बस्ने गरेका छन् ।

    ‘रोगभन्दा भोग र चिन्ताले सताएको गुल्मीका विष्णु पौडेलले भन्नुभयो । नानपारास्थित क्वारेन्टाइनमा पुराना र नयाँ ६५ जना क्वारेन्टाइनमा रहेका नेपालीसँग नियमित सम्पर्कमा आफू रहेको अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताउनुभयो । दैनिक म संग गुनासो गर्छन उहाँले भन्नुभयो आफुसंग नेपाल ल्याउन सक्ने क्षमता छैन हारगुहार पत्रकारसमु गर्दै आएको छु उहाँले भन्नुभयो । नेपाल आउनका लागि उनिहरु दैनिक भिडियो बनाउदै हाल्ने र नेपाल सरकारलाई नेपाल लैजान आग्रह समेत गर्ने गरेको भद्रबहादुर ओलीले बताउनुभयो ।
    क्वारेन्टाइनमा रहेका नेपालीले समयमा खान नपाएको गुनासो गर्ने गरेका मुल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकांगपिओका नगर सचिव मिथुन सिंहले जानकारी दिनुभयो । ‘क्वारेन्टाइनमा रहेका नेपालीले एक छाकका लागि तड्पिनुपर्ने अवस्था छ, नेपालीलाई एक गाँस भातका लागि पर्खिनुपर्ने अवस्था छ,’ उहाँले भन्नुभयो । कारागारभन्दा दयनीय अवस्था भारत सरकारका कर्मचारीले आफूलाई इच्छा लागेको बेला मात्र नेपालीलाई खान दिने गरेका सुदूरपश्चिम प्रदेशका नरबहादुर साहुले बताउनुभयो । ‘खाना खाने बेला कहिल्यै नपाएको गाली खानुपर्दा मन कटक्क खान्छ, मुटु छियाछिया हुन्छ,’ उहाँले दुखी हुँदै भन्नुभयो ।


    भारतको दिल्लीबाट आउँदै गरेका गुल्मीका पौडेललाई भारतीय सुरक्षाकर्मीले रुपैडियाबाट नियन्त्रणमा लिएर नानपारास्थित क्वारेन्टाइन पु¥याएको जानकारी गराउनुभयो । ‘न खाना राम्रो छ न त बस्ने कोठा र सुत्ने ठाउँ नै राम्रो छ । मच्छरले टोकेर रातभर सुत्न सकिन्न,’ पौडेलले भन्नुुभयो, ‘सायद यस्तो दयनीय अवस्था त कारागारमा पनि हुन्न होला ।’ कम्पनीले निकालिदिएपछि घर न घाटको भएको नानपारा क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । हामीलाई भारतीय क्वारेन्टाइनबाट निकालेर आफ्नै देशको क्वारेन्टाइनमा राख्नु प¥यो उहाँले भन्नुभयो । नानपारास्थित क्वारेन्टाइनमा दाङ, बाँके, सल्यान, बर्दिया, दैलेख, कालिकोट, सुर्खेत, जुम्ला, र गुल्मीका करिव १५० जना नेपाली रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology