(Wednesday 28th of October 2026)
`

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ सय नजिक

  • सगरमाथा गन्तब्य
  • 9.8K
    SHARES

    काठमाडौं, २६ वैशाख । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको भारतमा पछिल्ला केही दिनयता दैनिक १०० भन्दा बढीले ज्यान गुमाइरहेका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३५१ पुगेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । बिहीबार एक दिनमा मात्र त्यहाँ १०४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छ । यससँगै त्यहा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या १ हजार ८८९ पुगेकाे छ ।

    पछिल्लो २४ घण्टामा (बिहीबार) भारतमा ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका छन् । बुधबार यो संख्या ३ हजार ५८७ थियो । यसैबीच १६ हजार ७७६ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । बाँकी ३७ हजार भन्दा धेरै बिरामी उपचाररत छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले लकडाउन पुनः दुई साताका लागि लम्ब्याएर मे १७ (जेठ ४) सम्म पुर्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । पुनः १५ अप्रिलमा दोस्रो चरणको लकडाउन थपिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology