(Wednesday 28th of October 2026)
`

भारतमा कोरोना संक्रमणबाट एकैदिन १२३ को मृत्यु, संक्रमित संख्या ४९ हजार नाघ्यो

  • सगरमाथा गन्तब्य
  • 10.9K
    SHARES

    काठमाडौं, २४ वैशाख । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतमा पनि स्थिति भयावह बन्दै गएको छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु संख्या र संक्रिमत संख्या बढ्दै गएपछि । भारतमा मंगलबार एकैदिनमा मात्र १२३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सोमबार त्यहाँ एकै दिनमा कोरोना संक्रमणबाट हालसम्मकै सर्वाधिक १७५ जनाको ज्यान गएको थियो । हालसम्म भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ६९३ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा (मंगलबार) भारतमा २ हजार ९६३ जनामा कोरोना संक्रमण फेला परेको छ । सोमबार भने ३ हजार ९३२ जना नयाँ कोरोनाका संक्रमित थपिएका थिए । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । यसैबीच १४ हजार १४२ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् । कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकाले मे १७ (जेठ ४) सम्म लकडाउन लम्ब्याएको छ । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा २१ दिनको लागि लगाइएको थियो । न्युज २४ नेपालबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology