कोरोनाबाट बढी प्रभावित देशमध्ये इटलीमा हालसम्म २५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यहाँ संक्रमित संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ । अर्को बढी प्रभावित देश स्पेनमा पनि कोरोनाका कारण २१ हजार ७१७ को ज्यान गइसकेको छ भने संक्रमित संख्या २ लाख ८ हजारभन्दा बढी पुगेको छ । उता, फ्रान्समा २१ हजार ३४० जनाको ज्यान गएको छ । त्यहाँ संक्रमित संख्या १ लाख ५९ हजार ८७७ पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमणका कारण १८ हजारभन्दा बढीको ज्यान गइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ संक्रमित संख्या १ लाख ३३ हजार ४९५ पुगेको छ । जर्मनीमा संक्रमति संख्या १ लाख ५० हजार ६४८ पुगे पनि त्यहाँ मृत्यु हुनेको संख्या ५ हजार ३१५ पुगेको छ ।
